Nepali

Cebuano

Psalms

8

1हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
1Oh Jehova nga Ginoo namo, Pagkahalangdon sa imong ngalan sa tibook nga yuta, Nga gibutang mo ang imong himaya sa ibabaw sa mga langit!
2साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
2Gikan sa baba sa mga magagmayng bata ug sa mga nagasuso gipahamutang mo ang kalig-on, Tungod sa imong mga kabatok, Aron ikaw makapahilum sa kaaway ug sa tigpanimalus.
3हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।
3Sa magapalandong ako sa imong mga langit, sa buhat sa imong mga tudlo, Sa bulan ug sa mga bitoon nga imong gibut-an;
4किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
4Unsa ba ang tawo, nga ikaw matinagdanon man kaniya? Ug ang anak sa tawo, nga ikaw nagdu-aw man kaniya?
5तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
5Kay gibuhat mo siya nga ubos lamang ug diyutay kay sa mga manolonda, Ug gipurongpurongan mo siya uban sa himaya ug dungog.
6तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
6Binuhat mo siya nga agalon sa mga binuhat sa imong mga kamot; Ang tanan gibutang mo sa ilalum sa iyang mga tiil:
7सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन।
7Tanang mga carnero ug mga vaca, Oo, ug ang mga mananap sa kapatagan,
8तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावार र माछाहरूमाथि शासन गर्दछन्।
8Ang mga langgam sa kalangitan, ug ang mga isda sa dagat, Bisan unsa nga moagi sa mga alagianan sa kadagatan.
9हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ।
9Oh Jehova, nga among Ginoo, Pagkahalangdon sa imong ngalan sa tibook nga yuta!