1वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
1Mangamuyo kamo kang Jehova sa ulan sa panahon sa naulahing ulan, oo kang Jehova nga nagahimo sa sa mga kilat; ug siya magahatag kanila sa madagayaong ulan, alang sa tagsatagsa sa mga balili sa kapatagan.
2मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
2Pangayo kang Jehova kay ang mga dios-dios nagapanulti sa mga kakawangan, ug ang mga mulo-manalagna nakakita ug bakak; ug nagsugilon sila sa mga damgo nga bakak, ang ilang paglipay nakawang lamang : busa sila nagalakaw sa ilang kaugalingon nga dalan ingon sa mga carnero; ginasakit sila kay sila walay magbalantay.
3परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु ।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)
3Ang akong kasuko misilaub batok sa mga magbalantay, ug akong silotan ang mga kanding nga lake; kay si Jehova sa mga panon midu-aw sa iyang panon sa carnero, ang balay sa Juda, ug pagabuhaton sila nga ingon sa iyang maayo nga mga kabayo sa gubat.
4“कुनाको ढुङ्गा, पालको खाँबो, युद्धको धनु अनि अघि बढिरहेका सैनिकहरू पनि यहूदाकोमा आउँनेछ।
4Gikan kaniya mogula ang bato sa pamag-ang, gikan kaniya ang lansang, gikan kaniya ang busogan-nga-iggugubat, gikan kaniya ang magbubuot sa tingub gayud.
5तिनीहरू शक्तिशाली मानिसहरू जस्तै हुनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।
5Ug sila maingon sa mga makusganong tawo, nga magayatak sa ilang mga kaaway diha sa lapok sa kadalanan sa gubat; ug sila makig-away, kay si Jehova nagauban man kanila; ug ang mga magkakabayo sa kabayo mangalibug.
6म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।
6Ug akong lig-onon ang balay sa Juda, ug akong luwason ang balay ni Jose, ug akong dad-on sila pagbalik; kay ako adunay kalooy kanila; ug sila mahimong ingon sa wala ko sila isalikway; kay ako man si Jehova nga ilang Dios, ug ako magapatalinghug kanila.
7एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।
7Ug sila sa Ephraim mahimong ingon sa kusgan nga tawo, ug ang ilang kasingkasing magamaya nga daw tungod sa vino: oo, ang ilang mga anak makakita niini; ug mangalipay usab ; ang ilang kasingkasing managkalipay kang Jehova.
8“म इशाराले सबैलाई एकै साथ बोलाउँनेछु। म साँच्चै उनीहरूलाई बँचाउँनेछु, उनीहरूको संख्या अघिको झैं असंख्य हुनेछ।
8Sitsitan ko sila sa akong pagtawag , ug tigumon ko sila; kay gitubos ko na sila; ug sila modaghan ingon nga nagdaghan sila.
9हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्।
9Ug igapugas ko sila sa taliwala sa mga katawohan: ug sila mahanumdum kanako sa halayo nga kayutaan; ug sila magapuyo uban sa ilang mga anak, ug mamauli sila .
10म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”
10Dad-on ko sila pag-usab sa gawas sa yuta sa Egipto, ug tigumon ko sila sa gawas sa Asiria; ug pasudlon ko sila sa yuta sa Galaad ug sa Libano; ug wala nay dapit nga makaplagan alang kanila.
11यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति ध्वंश गरिदिनुभयो।
11Ug latason niya ang dagat sa kagul-anan, ug dag-on ang mga balud sa dagat, ug ang tanang kahiladman sa Nilo mangamala: ug ang garbo sa Asiria pagahugnoon, ug ang cetro sa Egipto mawagtang kaniya .
12परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
12Ug sila pagalig-onon ko diha kang Jehova; ug sila magalakaw ngadto-nganhi tungod sa iyang ngalan, nagaingon si Jehova.