1दाऊदले आपने निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे।
1And he made him houses in the city of David, and prepared a place for the ark of God, and spread a tent for it.
2तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”
2Then David said, None ought to carry the ark of God but the Levites, for them has Jehovah chosen to carry the ark of God, and to serve him for ever.
3दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।
3And David assembled all Israel to Jerusalem, to bring up the ark of Jehovah to its place that he had prepared for it.
4दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।
4And David gathered the sons of Aaron and the Levites:
5कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।
5of the sons of Kohath, Uriel the chief, and his brethren a hundred and twenty;
6मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।
6of the sons of Merari, Asaiah the chief, and his brethren two hundred and twenty;
7गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।
7of the sons of Gershom, Joel the chief, and his brethren a hundred and thirty;
8एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।
8of the sons of Elizaphan, Shemaiah the chief, and his brethren two hundred;
9हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।
9of the sons of Hebron, Eliel the chief, and his brethren eighty;
10उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए। पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्
10of the sons of Uzziel, Amminadab the chief, and his brethren a hundred and twelve.
11तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब।
11And David called for Zadok and Abiathar the priests, and for the Levites, for Uriel, Asaiah, and Joel, Shemaiah, and Eliel, and Amminadab;
12दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।
12and he said to them, Ye are the chief fathers of the Levites; hallow yourselves, ye and your brethren, that ye may bring up the ark of Jehovah the God of Israel to [the place that] I have prepared for it.
13अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”
13For because ye did [it] not at the first, Jehovah our God made a breach upon us, for that we sought him not after the due order.
14तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके।
14So the priests and the Levites hallowed themselves to bring up the ark of Jehovah the God of Israel.
15लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नमा निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।
15And the children of the Levites bore the ark of God upon their shoulders with the staves upon them, as Moses had commanded according to the word of Jehovah.
16दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।
16And David spoke to the chief of the Levites to appoint their brethren, the singers, with instruments of music, lutes, and harps, and cymbals, that they should sound aloud, lifting up the voice with joy.
17तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाईहरू आसाप अनि एतानलाई ल्याए। हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए।
17And the Levites appointed Heman the son of Joel; and of his brethren, Asaph the son of Berechiah; and of the sons of Merari their brethren, Ethan the son of Kushaiah;
18तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।
18and with them their brethren of the second [rank], Zechariah, Ben, and Jaaziel, and Shemiramoth, and Jehiel, and Unni, Eliab, and Benaiah, and Maaseiah, and Mattithiah, and Elipheleh, and Mikneiah, and Obed-Edom, and Jeiel, the doorkeepers;
19सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।
19and the singers, Heman, Asaph, and Ethan, to sound aloud with cymbals of brass;
20जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए।
20and Zechariah, and Aziel, and Shemiramoth, and Jehiel, and Unni, and Eliab, and Maaseiah, and Benaiah, with lutes on Alamoth;
21मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशक अनुसार वीणा बजाए। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।
21and Mattithiah, and Elipheleh, and Mikneiah, and Obed-Edom and Jeiel, and Azaziah, with harps on the Sheminith to lead [the singing].
22लेवी प्रमूख कनन्याह गाउने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।
22And Chenaniah, chief of the Levites for the music, gave instruction in music, for he was skilful.
23बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए।
23And Berechiah and Elkanah were doorkeepers for the ark.
24पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंडदा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।
24And Shebaniah, and Jehoshaphat, and Nethaneel, and Amasai, and Zechariah, and Benaiah, and Eliezer, the priests, blew with the trumpets before the ark of God; and Obed-Edom and Jehijah were doorkeepers for the ark.
25दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।
25And David, and the elders of Israel, and the captains over thousands, went to bring up the ark of the covenant of Jehovah out of the house of Obed-Edom with joy.
26परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।
26And it came to pass, when God helped the Levites that bore the ark of the covenant of Jehovah, that they sacrificed seven bullocks and seven rams.
27सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमल द्वारानिर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।
27And David was clothed with a robe of byssus, and all the Levites that bore the ark, and the singers, and Chenaniah chief of the music of the singers; and David had upon him a linen ephod.
28यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।
28And all Israel brought up the ark of the covenant of Jehovah with shouting, and with sound of the trumpet, and with clarions, and with cymbals, playing aloud with lutes and harps.
29जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।
29And it came to pass as the ark of the covenant of Jehovah came to the city of David, that Michal the daughter of Saul looked through a window, and saw king David dancing and playing; and she despised him in her heart.