1इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून
1These are the sons of Israel: Reuben, Simeon, Levi and Judah, Issachar and Zebulun,
2दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
2Dan, Joseph and Benjamin, Naphtali, Gad and Asher.
3यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।
3The sons of Judah: Er, and Onan, and Shelah: [which] three were born to him of the daughter of Shua the Canaanitess. And Er, Judah's firstborn, was wicked in the sight of Jehovah; and he slew him.
4यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
4And Tamar his daughter-in-law bore him Pherez and Zerah. All the sons of Judah were five.
5पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
5The sons of Pherez: Hezron and Hamul.
6जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
6And the sons of Zerah: Zimri, and Ethan, and Heman, and Calcol, and Dara: five of them in all.
7जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धमबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
7And the sons of Carmi: Achar, the troubler of Israel, who transgressed in the accursed thing.
8एतानका छोरा अजर्याह थिए।
8And the sons of Ethan: Azariah.
9हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
9And the sons of Hezron, who were born to him: Jerahmeel, and Ram, and Chelubai.
10राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।
10And Ram begot Amminadab; and Amminadab begot Nahshon, prince of the children of Judah;
11नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।
11and Nahshon begot Salma, and Salma begot Boaz,
12बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।
12and Boaz begot Obed, and Obed begot Jesse;
13यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।
13and Jesse begot his firstborn Eliab, and Abinadab the second, and Shimea the third,
14नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।
14Nethaneel the fourth, Raddai the fifth,
15ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।
15Ozem the sixth, David the seventh;
16तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
16and their sisters were Zeruiah and Abigail. And the sons of Zeruiah: Abishai, and Joab, and Asahel, three.
17अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए। कालेबका सन्तानहरू
17And Abigail bore Amasa; and the father of Amasa was Jether the Ishmaelite.
18कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
18And Caleb the son of Hezron had children by Azubah [his] wife, and by Jerioth: her sons are these: Jesher, and Shobab, and Ardon.
19जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
19And Azubah died, and Caleb took him Ephrath, and she bore him Hur.
20हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
20And Hur begot Uri, and Uri begot Bezaleel.
21पछि, जब हेस्रोन साठी र्बषका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।
21And afterwards Hezron went to the daughter of Machir, the father of Gilead, and he took her when he was sixty years old; and she bore him Segub.
22सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।
22And Segub begot Jair, who had twenty-three cities in the land of Gilead;
23तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
23and Geshur and Aram took the villages of Jair from them, with Kenath and its dependent towns, sixty cities. All these were sons of Machir the father of Gilead.
24हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
24And after the death of Hezron in Caleb-Ephratah, Abijah, Hezron's wife, bore him Ashhur, the father of Tekoa.
25यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।
25And the sons of Jerahmeel the firstborn of Hezron were: Ram the firstborn, and Bunah, and Oren, and Ozem, of Ahijah.
26यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
26And Jerahmeel had another wife, whose name was Atarah; she was the mother of Onam.
27यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
27And the sons of Ram, the firstborn of Jerahmeel, were Maaz, and Jamin, and Eker.
28ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
28And the sons of Onam were Shammai and Jada. And the sons of Shammai: Nadab and Abishur.
29अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
29And the name of the wife of Abishur was Abihail, and she bore him Ahban and Molid.
30नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
30And the sons of Nadab: Seled and Appaim; and Seled died without sons.
31अप्पेमका छोरा यिशी थिए। यिशींका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
31And the sons of Appaim: Jishi; and the sons of Jishi: Sheshan; and the sons of Sheshan: Ahlai.
32यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
32And the sons of Jada, the brother of Shammai: Jether and Jonathan; and Jether died without sons.
33जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
33And the sons of Jonathan: Peleth and Zaza. These were the sons of Jerahmeel.
34शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
34And Sheshan had no sons, but daughters; and Sheshan had an Egyptian servant, whose name was Jarha;
35शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
35and Sheshan gave his daughter to Jarha his servant as wife, and she bore him Attai.
36अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।
36And Attai begot Nathan, and Nathan begot Zabad,
37जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।
37and Zabad begot Ephlal, and Ephlal begot Obed,
38ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
38and Obed begot Jehu, and Jehu begot Azariah,
39अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।
39and Azariah begot Helez, and Helez begot Elasah,
40एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।
40and Elasah begot Sismai, and Sismai begot Shallum,
41शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
41and Shallum begot Jekamiah, and Jekamiah begot Elishama.
42कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
42And the sons of Caleb the brother of Jerahmeel were Mesha his firstborn, who was the father of Ziph; and the sons of Mareshah the father of Hebron.
43हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।
43And the sons of Hebron: Korah, and Tappuah, and Rekem, and Shema.
44शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
44And Shema begot Raham, the father of Jorkeam. And Rekem begot Shammai;
45शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
45and the son of Shammai was Maon; and Maon was the father of Beth-zur.
46कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
46And Ephah, Caleb's concubine, bore Haran, and Moza, and Gazez; and Haran begot Gazez.
47यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन।
47And the sons of Jehdai: Regem, and Jotham, and Geshan, and Pelet, and Ephah, and Shaaph.
48माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।
48Maachah, Caleb's concubine, bore Sheber and Tirhanah;
49माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
49and she bore Shaaph the father of Madmannah, Sheva the father of Machbena and the father of Gibea. And the daughter of Caleb was Achsah.
50यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,
50These are the sons of Caleb. The sons of Hur, the firstborn of Ephratah: Shobal the father of Kirjath-jearim,
51बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
51Salma the father of Bethlehem, Hareph the father of Beth-gader.
52शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,
52And Shobal the father of Kirjath-jearim had sons: Haroeh, Hazi-Hammenuhoth.
53अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
53And the families of Kirjath-jearim were the Jithrites, and the Puthites, and the Shumathites, and the Mishraites; of them came the Zoreathites and the Eshtaolites.
54यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।
54The sons of Salma: Bethlehem, and the Netophathites. Atroth-Beth-Joab, and the Hazi-Hammana-hethites, the Zorites;
55अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
55and the families of the scribes who dwelt at Jabez: the Tireathites, the Shimeathites, the Suchathites. These are the Kenites that came of Hammath, the father of the house of Rechab.