1बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो वर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारूञ्जेल सम्म लडे।
1And it came to pass at the time of the return of the year, at the time when kings go forth, that Joab led forth the power of the army, and laid waste the land of the children of Ammon, and came and besieged Rabbah. But David abode at Jerusalem. And Joab smote Rabbah, and overthrew it.
2दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपेच निकाले। त्यो सुनको श्रीपेच लगभग एक तोडा थियो। श्रीपेचचमा मूल्यवान रत्नहरू थिए। श्रीपेच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मूल्यवान बस्तुहरू पाए।
2And David took the crown of their king from off his head, and found it to weigh a talent of gold, and there were precious stones in it; and it was [set] upon David's head: and he brought forth the spoil of the city in great abundance.
3दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरो द्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।
3And he brought out the people that were in it, and cut them with the saw, and with harrows of iron, and with saws. And so David did to all the cities of the children of Ammon. And David and all the people returned to Jerusalem.
4पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।
4And it came to pass after this, that there arose war at Gezer with the Philistines; then Sibbechai the Hushathite smote Sippai, one of the children of Rapha; and they were subdued.
5फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।
5And there was again a battle with the Philistines; and Elhanan the son of Jair smote Lahmi the brother of Goliath the Gittite; now the shaft of his spear was like a weaver's beam.
6पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।
6And there was again a battle, at Gath; and there was a man [there] of great stature, whose fingers [and toes] were four and twenty, six [on each hand], and six [on each foot]; and he also was born to Rapha.
7यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।
7And he defied Israel; but Jonathan the son of Shimea David's brother smote him.
8ती पलिश्ती मानिसहरू गात शहरका दैंत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैंत्य मानिसलाई मारे।
8These were born to Rapha in Gath; and they fell by the hand of David, and by the hand of his servants.