1[This verse may not be a part of this translation]
1And the sons of Reuben the firstborn of Israel (for he was the firstborn; but, inasmuch as he defiled his father's bed, his birthright was given to the sons of Joseph the son of Israel; but the genealogy is not registered according to the birthright,
2[This verse may not be a part of this translation]
2for Judah prevailed among his brethren, and of him was the prince, but the birthright was Joseph's),
3[This verse may not be a part of this translation]
3-- the sons of Reuben, the firstborn of Israel: Enoch and Phallu, Hezron and Carmi.
4यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए।
4The sons of Joel: Shemaiah his son, Gog his son, Shimei his son,
5शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए।
5Micah his son, Reaiah his son, Baal his son,
6बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।
6Beerah his son, whom Tilgath-Pilneser king of Assyria carried away captive: he was prince of the Reubenites.
7योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,
7And his brethren by their families, in the genealogical register of their generations, were: the chief, Jeiel, and Zechariah,
8अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे।
8and Bela the son of Azaz, the son of Shema, the son of Joel, who dwelt in Aroer, as far as Nebo and Baal-meon;
9बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरूभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरु थिए।
9and eastward he dwelt as far as the entrance to the wilderness from the river Euphrates; for their cattle were multiplied in the land of Gilead.
10जब शाऊल राजा थिए। बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।
10And in the days of Saul they made war with the Hagarites, who fell by their hand; and they dwelt in their tents throughout the east side of Gilead.
11गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे।
11And the children of Gad dwelt over against them, in the land of Bashan, as far as Salcah:
12बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए।
12Joel was the chief and Shapham the next, and Jaanai, and Shaphat in Bashan.
13तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए।
13And their brethren according to their fathers' houses were Michael, and Meshullam, and Sheba, and Jorai, and Jaachan, and Zia, and Eber, seven.
14ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए।
14-- These were the sons of Abihail, the son of Huri, the son of Jaroah, the son of Gilead, the son of Michael, the son of Jeshishai, the son of Jahdo, the son of Buz:
15अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।
15Ahi the son of Abdiel, the son of Guni, was chief of their fathers' house.
16गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका सा-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै र्खकहरूमा बस्थे।
16And they dwelt in Gilead in Bashan, and in its towns, and in all the pasture-grounds of Sharon, as far as their limits.
17योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।
17All these were registered by genealogy in the days of Jotham king of Judah, and in the days of Jeroboam king of Israel.
18मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।
18The children of Reuben and the Gadites and half the tribe of Manasseh, of valiant men, men who carried shield and sword, drawing the bow and skilful in war, were forty-four thousand seven hundred and sixty, able to go forth to war.
19तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे।
19And they made war with the Hagarites, with Jetur, and Naphish, and Nodab;
20मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित यहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हग्रीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हग्रीहरूसित थिए।
20and they were helped against them, and the Hagarites were delivered into their hand, and all that were with them; for they cried to God in the battle, and he was intreated of them, because they put their trust in him.
21तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे।
21And they took away their cattle: their camels fifty thousand, and two hundred and fifty thousand sheep, and two thousand asses, and a hundred thousand human souls.
22धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।
22For there fell down many slain, for the war was of God. And they dwelt in their stead until the captivity.
23मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।
23And the children of the half tribe of Manasseh dwelt in the land, from Bashan as far as Baal-Hermon and Senir, and mount Hermon; they were many.
24मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।
24And these were the heads of their fathers' houses: Epher, and Jishi, and Eliel, and Azriel, and Jeremiah, and Hodaviah, and Jahdiel, mighty men of valour, famous men, heads of their fathers' houses.
25तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।
25And they transgressed against the God of their fathers, and went a whoring after the gods of the peoples of the land, whom God had destroyed before them.
26इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
26And the God of Israel stirred up the spirit of Pul king of Assyria, and the spirit of Tilgath-Pilneser king of Assyria, and he carried them away, the Reubenites, and the Gadites, and the half tribe of Manasseh, and brought them to Halah, and Habor, and Hara, and to the river Gozan, -- unto this day.