1दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे।
1For I would not have you ignorant, brethren, that all our fathers were under the cloud, and all passed through the sea;
2तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।
2and all were baptised unto Moses in the cloud and in the sea;
3तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।
3and all ate the same spiritual food,
4अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक पहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो पहरा ख्रीष्ट हुनुहुन्थ्यो।
4and all drank the same spiritual drink, for they drank of a spiritual rock which followed [them]: (now the rock was the Christ;)
5तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।
5yet God was not pleased with the most of them, for they were strewed in the desert.
6यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
6But these things happened [as] types of us, that we should not be lusters after evil things, as they also lusted.
7तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।”
7Neither be ye idolaters, as some of them; as it is written, The people sat down to eat and to drink, and rose up to play.
8ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे।
8Neither let us commit fornication, as some of them committed fornication, and fell in one day three and twenty thousand.
9जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
9Neither let us tempt the Christ, as some of them tempted, and perished by serpents.
10अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।
10Neither murmur ye, as some of them murmured, and perished by the destroyer.
11तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।
11Now all these things happened to them [as] types, and have been written for our admonition, upon whom the ends of the ages are come.
12यसैले त्यो जो दह्रिलोसंग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस ताकि उ लड्न नपरोस्।
12So that let him that thinks that he stands take heed lest he fall.
13हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।
13No temptation has taken you but such as is according to man's nature; and God is faithful, who will not suffer you to be tempted above what ye are able [to bear], but will with the temptation make the issue also, so that [ye] should be able to bear [it].
14यरकारण, मेरा प्रिये मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।
14Wherefore, my beloved, flee from idolatry.
15तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफै जाँच।
15I speak as to intelligent [persons]: do *ye* judge what I say.
16आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँज्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
16The cup of blessing which we bless, is it not [the] communion of the blood of the Christ? The bread which we break, is it not [the] communion of the body of the Christ?
17त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।
17Because we, [being] many, are one loaf, one body; for we all partake of that one loaf.
18इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बलि खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?
18See Israel according to flesh: are not they who eat the sacrifices in communion with the altar?
19मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो।
19What then do I say? that what is sacrificed to an idol is anything, or that an idol is anything?
20तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न।
20But that what [the nations] sacrifice they sacrifice to demons, and not to God. Now I do not wish you to be in communion with demons.
21तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
21Ye cannot drink [the] Lord's cup, and [the] cup of demons: ye cannot partake of [the] Lord's table, and of [the] table of demons.
22के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।”
22Do we provoke the Lord to jealousy? are we stronger than he?
23“सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर जम्मै कुराहरूले सबैलाई बलियो बनाउँदैन।
23All things are lawful, but all are not profitable; all things are lawful, but all do not edify.
24तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।
24Let no one seek his own [advantage], but that of the other.
25मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खायो।
25Everything sold in the shambles eat, making no inquiry for conscience sake.
26तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”
26For the earth [is] the Lord's and its fulness.
27यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अधिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।
27But if any one of the unbelievers invite you, and ye are minded to go, all that is set before you eat, making no inquiry for conscience sake.
28तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ,. जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानू अनुचित मान्छन्।
28But if any one say to you, This is offered to holy purposes, do not eat, for his sake that pointed it out, and conscience sake;
29तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसके सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन।
29but conscience, I mean, not thine own, but that of the other: for why is my liberty judged by another conscience?
30यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?
30If *I* partake with thanksgiving, why am I spoken evil of for what *I* give thanks for?
31यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
31Whether therefore ye eat, or drink, or whatever ye do, do all things to God's glory.
32त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।
32Give no occasion to stumbling, whether to Jews, or Greeks, or the assembly of God.
33म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिश गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिश गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।
33Even as *I* also please all in all things; not seeking my own profit, but that of the many, that they may be saved.