Nepali

Darby's Translation

1 Corinthians

14

1प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।
1Follow after love, and be emulous of spiritual [manifestations], but rather that ye may prophesy.
2किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर उ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। उ आत्माद्वारा गुप्ती सत्य बोल्छ।
2For he that speaks with a tongue does not speak to men but to God: for no one hears; but in spirit he speaks mysteries.
3तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।
3But he that prophesies speaks to men [in] edification, and encouragement, and consolation.
4जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।
4He that speaks with a tongue edifies himself; but he that prophesies edifies [the] assembly.
5म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ।
5Now I desire that ye should all speak with tongues, but rather that ye should prophesy. But greater is he that prophesies than he that speaks with tongues, unless he interpret, that the assembly may receive edification.
6दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ।
6And now, brethren, if I come to you speaking with tongues, what shall I profit you, unless I shall speak to you either in revelation, or in knowledge, or in prophecy, or in teaching?
7त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि संगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ।
7Even lifeless things giving a sound, whether pipe or harp, if they give not distinction to the sounds, how shall it be known what is piped or harped?
8युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?
8For also, if the trumpet give an uncertain sound, who shall prepare himself for war?
9तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ।
9Thus also *ye* with the tongue, unless ye give a distinct speech, how shall it be known what is spoken? for ye will be speaking to the air.
10त्यो साँचो हो, संसारमा घेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्।
10There are, it may be, so many kinds of voices in the world, and none of undistinguishable sound.
11यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ।
11If therefore I do not know the power of the sound, I shall be to him that speaks a barbarian, and he that speaks a barbarian for me.
12तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
12Thus *ye* also, since ye are desirous of spirits, seek that ye may abound for the edification of the assembly.
13यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्।
13Wherefore let him that speaks with a tongue pray that he may interpret.
14यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन।
14For if I pray with a tongue, my spirit prays, but my understanding is unfruitful.
15तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ।
15What is it then? I will pray with the spirit, but I will pray also with the understanding; I will sing with the spirit, but I will sing also with the understanding.
16तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन।
16Since otherwise, if thou blessest with [the] spirit, how shall he who fills the place of the simple [Christian] say Amen, at thy giving of thanks, since he does not know what thou sayest?
17परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।
17For *thou* indeed givest thanks well, but the other is not edified.
18म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु।
18I thank God I speak in a tongue more than all of you:
19तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
19but in [the] assembly I desire to speak five words with my understanding, that I may instruct others also, [rather] than ten thousand words in a tongue.
20दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
20Brethren, be not children in [your] minds, but in malice be babes; but in [your] minds be grown [men].
21व्यवस्थामा लेखिएको छः “विभिन्न भाषा बोल्ने मानिसहरू लिएर अनि विदेशीहरूकै ओठ चलाएर तिनीहरूसित म बोल्छु, तथापि तिनीहरूले मलाई सुन्दैनन्।” यशैया 28:11-12
21It is written in the law, By people of other tongues, and by strange lips, will I speak to this people; and neither thus will they hear me, saith the Lord.
22यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन।
22So that tongues are for a sign, not to those who believe, but to unbelievers; but prophecy, not to unbelievers, but to those who believe.
23मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्?
23If therefore the whole assembly come together in one place, and all speak with tongues, and simple [persons] enter in, or unbelievers, will not they say ye are mad?
24तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।
24But if all prophesy, and some unbeliever or simple [person] come in, he is convicted of all, he is judged of all;
25त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
25the secrets of his heart are manifested; and thus, falling upon [his] face, he will do homage to God, reporting that God is indeed amongst you.
26यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो।
26What is it then, brethren? whenever ye come together, each [of you] has a psalm, has a teaching, has a tongue, has a revelation, has an interpretation. Let all things be done to edification.
27जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ।
27If any one speak with a tongue, [let it be] two, or at the most three, and separately, and let one interpret;
28तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।
28but if there be no interpreter, let him be silent in [the] assembly, and let him speak to himself and to God.
29अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ।
29And let two or three prophets speak, and let the others judge.
30अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ।
30But if there be a revelation to another sitting [there], let the first be silent.
31तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ।
31For ye can all prophesy one by one, that all may learn and all be encouraged.
32अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ।
32And spirits of prophets are subject to prophets.
33किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
33For God is not [a God] of disorder but of peace, as in all the assemblies of the saints.
34मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ।
34Let [your] women be silent in the assemblies, for it is not permitted to them to speak; but to be in subjection, as the law also says.
35यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।
35But if they wish to learn anything, let them ask their own husbands at home; for it is a shame for a woman to speak in assembly.
36के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ।
36Did the word of God go out from you, or did it come to you only?
37यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।
37If any one thinks himself to be a prophet or spiritual, let him recognise the things that I write to you, that it is [the] Lord's commandment.
38यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।
38But if any be ignorant, let him be ignorant.
39यसैकारण मेरा प्रिय दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँचो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड।
39So that, brethren, desire to prophesy, and do not forbid the speaking with tongues.
40तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढंगले गरिनु पर्छ।
40But let all things be done comelily and with order.