1अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः
1Now concerning the collection for the saints, as I directed the assemblies of Galatia, so do *ye* do also.
2प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।
2On [the] first of [the] week let each of you put by at home, laying up [in] whatever [degree] he may have prospered, that there may be no collections when I come.
3जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु।
3And when I am arrived, whomsoever ye shall approve, these I will send with letters to carry your bounty to Jerusalem:
4अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।
4and if it be suitable that *I* also should go, they shall go with me.
5म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ।
5But I will come to you when I shall have gone through Macedonia; for I do go through Macedonia.
6यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ।
6But perhaps I will stay with you, or even winter with you, that *ye* may set me forward wheresoever I may go.
7तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ
7For I will not see you now in passing, for I hope to remain a certain time with you, if the Lord permit.
8तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।
8But I remain in Ephesus until Pentecost.
9किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
9For a great door is opened to me and an effectual [one], and [the] adversaries many.
10तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।
10Now if Timotheus come, see that he may be with you without fear; for he works the work of the Lord, even as I.
11यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।
11Let not therefore any one despise him; but set him forward in peace, that he may come to me; for I expect him with the brethren.
12अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।
12Now concerning the brother Apollos, I begged him much that he would go to you with the brethren; but it was not at all [his] will to go now; but he will come when he shall have good opportunity.
13सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन।
13Be vigilant; stand fast in the faith; quit yourselves like men; be strong.
14हरेक कुरो प्रेमपूर्वक गर।
14Let all things ye do be done in love.
15तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यु-भाई दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि
15But I beseech you, brethren, (ye know the house of Stephanas, that it is the first-fruits of Achaia, and they have devoted themselves to the saints for service,)
16यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।
16that *ye* should also be subject to such, and to every one joined in the work and labouring.
17स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म र्हषित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।
17But I rejoice in the coming of Stephanas and Fortunatus and Achaicus; because *they* have supplied what was lacking on your part.
18तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।
18For they have refreshed my spirit and yours: own therefore such.
19एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।
19The assemblies of Asia salute you. Aquila and Priscilla, with the assembly in their house, salute you much in [the] Lord.
20यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।
20All the brethren salute you. Salute one another with a holy kiss.
21म पावल हुँ र मेरो शुभेच्छा म आफ्नै हातले लेख्दैछु।
21The salutation of [me] Paul with my own hand.
22जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
22If any one love not the Lord [Jesus Christ] let him be Anathema Maranatha.
23प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्।
23The grace of the Lord Jesus Christ [be] with you.
24ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!
24My love [be] with you all in Christ Jesus. Amen.