Nepali

Darby's Translation

1 Kings

13

1परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।
1And behold, there came a man of God from Judah, by the word of Jehovah, to Bethel; and Jeroboam stood by the altar to burn incense.
2परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने, “वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौ!”‘
2And he cried against the altar by the word of Jehovah, and said, O altar, altar! thus saith Jehovah: Behold, a child shall be born unto the house of David, Josiah by name; and upon thee shall he sacrifice the priests of the high places that burn incense upon thee, and men's bones shall be burned upon thee.
3यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूइँमा खस्ने छ।”‘
3And he gave a sign the same day, saying, This is the sign that Jehovah hath spoken: Behold, the altar shall be rent, and the ashes that are upon it shall be poured out.
4जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजे भइहाल्‌यो। उसले उसको हात चलाउन सकेन।
4And it came to pass when the king heard the word of the man of God, which he cried against the altar in Bethel, that Jeroboam stretched forth his hand from the altar, saying, Lay hold on him. And his hand which he stretched out against him dried up, so that he could not bring it back again to him.
5वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूइँमा छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणि भएका थियो।
5And the altar was rent, and the ashes poured out from the altar, according to the sign that the man of God had given by the word of Jehovah.
6तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।” यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो।
6And the king answered and said to the man of God, Intreat now Jehovah thy God, and pray for me, that my hand may be restored to me again. And the man of God intreated Jehovah, and the king's hand was restored to him again, and became as before.
7तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”
7And the king said to the man of God, Come home with me, and refresh thyself, and I will give thee a present.
8तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिम्रो आधा राज्य दिए पनि म तिमीसँग तिम्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पीउने नै छु।
8And the man of God said to the king, If thou wilt give me half thy house, I will not go in with thee, neither will I eat bread nor drink water in this place;
9परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।”
9for so was it charged me by the word of Jehovah, saying, Thou shalt eat no bread, nor drink water, nor return by the way that thou shalt go.
10यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेनन् जुन उनले बेतेलमा आउँदा हिंेडेका थिए।
10So he went another way, and returned not by the way that he had come to Bethel.
11बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए।
11Now there dwelt a certain old prophet in Bethel; and his sons came and told him all the works that the man of God had done that day in Bethel; the words that he had spoken to the king, them they told also to their father.
12बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो।
12And their father said to them, Which way went he? for his sons had seen which way the man of God went, who came from Judah.
13बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।
13And he said to his sons, Saddle me the ass. So they saddled him the ass; and he rode thereon,
14बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?” परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”
14and went after the man of God, and found him sitting under a terebinth; and he said to him, Art thou the man of God that camest from Judah? And he said, I am.
15तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”
15And he said to him, Come home with me, and eat bread.
16तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिन।
16And he said, I cannot return with thee, nor go in with thee; neither will I eat bread nor drink water with thee in this place.
17परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।”‘
17For it was said to me by the word of Jehovah, Thou shalt eat no bread nor drink water there, nor turn again to go by the way that thou wentest.
18तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”
18And he said to him, I am a prophet also as thou art; and an angel spoke to me by the word of Jehovah saying, Bring him back with thee into thy house, that he may eat bread and drink water. He lied unto him.
19यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।
19Then he went back with him, and ate bread in his house, and drank water.
20जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्ता सँग बोल्नु भयो।
20And it came to pass as they sat at the table, that the word of Jehovah came to the prophet that brought him back;
21अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ।
21and he cried to the man of God that came from Judah, saying, Thus saith Jehovah: Forasmuch as thou hast disobeyed the word of Jehovah, and hast not kept the commandment that Jehovah thy God commanded thee,
22परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”
22but camest back, and hast eaten bread and drunk water in the place of which he said to thee, Eat no bread and drink no water; thy carcase shall not come to the sepulchre of thy fathers.
23परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिंेडे।
23And it came to pass, after he had eaten bread, and after he had drunk, that he saddled the ass for him, for the prophet that he had brought back;
24घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।
24and he departed. And a lion met him by the way and slew him; and his corpse was cast in the way, and the ass stood by it; the lion also stood by the corpse.
25केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।
25And behold, men passed by, and saw the corpse cast in the way and the lion standing by the corpse; and they came and told it in the city where the old prophet dwelt.
26बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”
26And the prophet that brought him back from the way heard [of it] and said, It is the man of God who was disobedient to the word of Jehovah; therefore Jehovah has delivered him to the lion, which has torn him and slain him, according to the word of Jehovah which he spoke to him.
27तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे।
27And he spoke to his sons saying, Saddle me the ass; and they saddled it.
28बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।
28And he went and found his corpse cast in the way, and the ass and the lion standing by the corpse: the lion had not eaten the corpse, nor torn the ass.
29बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए।
29And the prophet took up the corpse of the man of God, and laid it upon the ass, and brought it back; and the old prophet came into the city, to mourn and to bury him.
30बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाई।”
30And he laid his corpse in his own sepulchre; and they mourned over him [saying], Alas, my brother!
31त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाडनु। मेरा हाडहरू उसको छेउमा रहून्।
31And it came to pass after he had buried him, that he spoke to his sons saying, When I am dead, bury me in the sepulchre in which the man of God is buried; lay my bones beside his bones.
32परमेश्वरले उनको माध्यम द्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँचो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”
32For the word that he cried by the word of Jehovah against the altar in Bethel, and against all the houses of the high places that are in the cities of Samaria, shall certainly come to pass.
33राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।
33After this thing Jeroboam turned not from his evil way, but made again from all classes of the people priests of the high places: whosoever would, he consecrated him, and he became [one] of the priests of the high places.
34त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।
34And by this thing there was sin on the house of Jeroboam, even to cut it off and to destroy it from off the face of the earth.