1एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
1And Elijah the Tishbite, of the inhabitants of Gilead, said to Ahab, As Jehovah the God of Israel liveth, before whom I stand, there shall not be dew nor rain these years, except by my word.
2तब परमप्रभुले एलियालाई भन्नुभयो,
2And the word of Jehovah came to him saying,
3“यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको सांघुरो घाटी छेउ लूक। यो घाटी यर्दन नदीको पूर्वमा छ।
3Get thee hence, and turn thee eastward, and hide thyself by the torrent Cherith, which is before the Jordan.
4तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।”
4And it shall be, that thou shalt drink of the torrent; and I have commanded the ravens to feed thee there.
5यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए।
5And he went and did according to the word of Jehovah; he went and abode by the torrent Cherith, which is before the Jordan.
6कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।
6And the ravens brought him bread and flesh in the morning, and bread and flesh in the evening; and he drank of the torrent.
7पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो।
7And it came to pass after a while that the torrent dried up, for there had been no rain in the land.
8तब परमप्रभुले एलियालाई भन्नुभयो,
8And the word of Jehovah came to him saying,
9“सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”
9Arise, go to Zarephath, which is by Zidon, and abide there: behold, I have commanded a widow woman there to maintain thee.
10यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकूँ?”
10And he arose and went to Zarephath; and when he came to the entrance of the city, behold, a widow woman was there gathering sticks. And he called to her and said, Fetch me, I pray thee, a little water in a vessel, that I may drink.
11जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”
11And she went to fetch [it], and he called to her and said, Bring me, I pray thee, a morsel of bread in thy hand.
12स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
12And she said, As Jehovah thy God liveth, I have not a cake, but a handful of meal in a barrel, and a little oil in a cruse; and behold, I am gathering two sticks, that I may go in and dress it for me and my son, that we may eat it, and die.
13एलियाले स्त्रीलाई भने, “फिक्राी नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ।
13And Elijah said to her, Fear not; go, do as thou hast said; but make me thereof a little cake first; and bring it to me; and afterwards make for thee and for thy son.
14परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।”‘
14For thus saith Jehovah the God of Israel: The meal in the barrel shall not waste, neither shall the oil in the cruse fail, until the day that Jehovah sendeth rain upon the face of the earth!
15यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो।
15And she went and did according to the word of Elijah; and she, and he, and her house, ate a whole year.
16पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।
16The meal in the barrel did not waste, neither did the oil in the cruse fail, according to the word of Jehovah which he had spoken through Elijah.
17केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्नै छोड्यो।
17And it came to pass after these things, that the son of the woman, the mistress of the house, fell sick; and his sickness was so severe that there was no breath left in him.
18तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”
18And she said to Elijah, What have I to do with thee, O thou man of God? art thou come to me to call mine iniquity to remembrance, and to slay my son?
19एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे।
19And he said to her, Give me thy son. And he took him out of her bosom, and carried him up into the upper chamber where he abode, and laid him upon his own bed.
20त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?”
20And he cried to Jehovah and said, Jehovah, my God, hast thou also brought evil upon the widow with whom I sojourn, by slaying her son?
21तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”
21And he stretched himself upon the child three times, and cried to Jehovah and said, Jehovah, my God, I pray thee, let this child's soul come into him again!
22परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो!
22And Jehovah heard the voice of Elijah, and the soul of the child came into him again, and he lived.
23एलियाले बालकलाई बोकेर तल्लो तालामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”
23And Elijah took the child, and brought him down from the upper chamber into the house, and delivered him to his mother; and Elijah said, See, thy son lives.
24स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”
24And the woman said to Elijah, Now by this I know that thou art a man of God, and that the word of Jehovah in thy mouth is truth.