Nepali

Darby's Translation

1 Kings

6

1तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबको महिना थियो।
1And it came to pass in the four hundred and eightieth year after the children of Israel were come out of the land of Egypt, in the fourth year of Solomon's reign over Israel, in the month Zif, which is the second month, that he began to build the house of Jehovah.
2मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।
2And the house that king Solomon built for Jehovah was sixty cubits in length, and twenty in breadth, and thirty cubits in height.
3मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।
3And the porch, in front of the temple of the house, was twenty cubits in length, in front of the house broadways, [and] ten cubits was its breadth, in front of the house.
4त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो।
4And for the house he made closed windows with fixed lattices.
5तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।
5And against the wall of the house he built floors round about, [against] the walls of the house, round about the temple and the oracle; and he made side-chambers round about.
6कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौडा थिए। माझका कोठाहरू छः हात चौडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए।
6The lowest floor was five cubits broad, and the middle one was six cubits broad, and the third was seven cubits broad; for in the [thickness of the wall of] the house he made resets round about outside, that nothing should be fastened in the walls of the house.
7कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।
7And the house, when it was being built, was built of stone entirely made ready before it was brought thither; so that there was neither hammer nor axe nor any tool of iron heard in the house while it was being built.
8मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।
8The entrance to the side-chambers of the middle [floor] was in the right side of the house; and they went up by winding stairs into the middle [floor], and out of the middle into the third.
9यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।
9And he built the house, and finished it; and covered the house with beams and boards of cedar.
10सुलेमानले भवनको चारैतिर कोठाहरू पनि बनाएर सिध्याए। प्रत्येक तला पाँच हात अग्लो थियो। कोठाहरूको आड दिने देवदारूका दलानहरू घरको कोठाहरू सित मिलेएको थियो।
10And he built the floors against all the house, five cubits high; and they held to the house by the timbers of cedar.
11परमप्रभुले सुलेमानलाई भन्नुभयो,
11And the word of Jehovah came to Solomon saying,
12“यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।
12As to this house which thou art building, if thou wilt walk in my statutes, and practise mine ordinances, and keep all my commandments to walk in them, then will I perform my word as to thee which I spoke unto David thy father;
13अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”
13and I will dwell among the children of Israel, and will not forsake my people Israel.
14यस प्रकार सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए।
14And Solomon built the house and finished it.
15मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूइँदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूइँमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए।
15And he built the walls of the house within with boards of cedar, from the floor of the house to the walls of the roof; he overlaid [them] on the inside with wood, and overlaid the floor of the house with boards of cypress.
16तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।
16And he built twenty cubits of the innermost part of the house, both floor and walls, with boards of cedar; and he built [them] for it within, to [be] the oracle, the most holy place.
17महा पवित्र स्थानको अघि मन्दिरको मुख्य भाग थियो। यो कोठा 40 हात हामो थियो।
17And the house, that is, the temple before it, was forty cubits [long].
18तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।
18And the cedar of the house within was carved with colocynths and half-open flowers: all was cedar; there was no stone seen.
19सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।
19And he prepared the oracle in the midst of the house within, to set there the ark of the covenant of Jehovah.
20यो कोठा 20 हात लामो, 20 हात चौडा अनि 20 हात अग्लो थियो।
20And the oracle within was twenty cubits in length, and twenty cubits in breadth, and twenty cubits in the height thereof; and he overlaid it with pure gold; and he overlaid the cedar-wood altar --
21सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए।
21and Solomon overlaid the house within with pure gold, and shut off the oracle in front with chains of gold, and overlaid it with gold.
22मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
22And the whole house he overlaid with gold, the whole house entirely; also the whole altar that was by the oracle he overlaid with gold.
23कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पंखेटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए।
23And he made in the oracle two cherubim of olive-wood, ten cubits high;
24[This verse may not be a part of this translation]
24and one wing of the cherub was five cubits, and five cubits the other wing of the cherub, ten cubits from the end of one wing to the end of the other wing;
25[This verse may not be a part of this translation]
25and the other cherub was ten cubits: both the cherubim were of one measure and one form.
26[This verse may not be a part of this translation]
26The height of the one cherub was ten cubits, and so of the other cherub.
27यी करूब स्वर्गदूतहरूलाई महा पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।
27And he set the cherubim in the midst of the inner house; and the wings of the cherubim were stretched forth, so that the wing of the one touched the wall, and the wing of the other cherub touched the other wall; and their wings touched, wing to wing, in the midst of the house.
28दुइ करूब स्वर्गदूतहरूलाई सुनले जडिएको थियो।
28And he overlaid the cherubim with gold.
29मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।
29And he carved all the walls of the house round about with carved sculptures of cherubim, and palm-trees, and half-open flowers, within and without.
30दुवै कोठाको भुइंमा सुन जडिएको थियो।
30And the floor of the house he overlaid with gold, within and without.
31कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो।
31And for the entrance of the oracle he made doors of olive-wood: the lintel [and] side posts were the fifth part [of the breadth of the house].
32तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे।
32The two doors were of olive-wood; and he carved on them carvings of cherubim, and palm-trees and half-open flowers, and overlaid them with gold, and spread gold on the cherubim and on the palm-trees.
33तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोगगरे।
33And he also made for the doorway of the temple posts of olive-wood, of the fourth part [of the breadth of the house].
34तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए।
34And the two folding-doors were of cypress-wood: the two leaves of the one door were folding, and the two leaves of the other door were folding.
35तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए।
35And he carved on them cherubim, and palm-trees, and half-open flowers; and overlaid them with gold fitted on the carved work.
36तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
36And he built the inner court of three rows of hewn stone, and a row of cedar-beams.
37तिनीहरूले मन्दिरको निर्माण कार्य वर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो वर्ष बितेको थियो।
37In the fourth year was the foundation of the house of Jehovah laid, in the month Zif;
38मन्दिर वर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं वर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात वर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो।
38and in the eleventh year, in the month Bul, which is the eighth month, was the house finished in all its parts, and according to all the fashion of it. So he was seven years in building it.