1झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
1And Nahash the Ammonite came up and encamped against Jabesh-Gilead. And all the men of Jabesh said to Nahash, Make a covenant with us, and we will serve thee.
2तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”
2And Nahash the Ammonite said to them, On this [condition] will I treat with you, that I thrust out all your right eyes, and lay it for a reproach upon all Israel.
3याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”
3And the elders of Jabesh said to him, Allow us seven days, and we will send messengers into all the districts of Israel; and if there be no man to deliver us, we will come out to thee.
4ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।
4And the messengers came to Gibeah of Saul and told these words in the ears of the people. And all the people lifted up their voice and wept.
5शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।” मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।
5And behold, Saul came after the oxen from the field; and Saul said, What [aileth] the people that they weep? And they related to him the words of the men of Jabesh.
6शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए।
6And the Spirit of God came upon Saul when he heard those words, and his anger was kindled greatly.
7शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!” परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के।
7And he took a yoke of oxen and cut them in pieces, and sent throughout the territory of Israel by the hand of messengers, saying, Whoever comes not forth after Saul and after Samuel, so shall it be done to his oxen! And the fear of Jehovah fell on the people, and they came out as one man.
8शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।
8And he numbered them in Bezek, and the children of Israel were three hundred thousand, and the men of Judah thirty thousand.
9शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्हभित्र तिमीहरूको उद्धार हुनेछ।” दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए।
9And they said to the messengers that had come, Thus shall ye say to the men of Jabesh-Gilead: To-morrow ye shall have deliverance when the sun is hot. And the messengers came and informed the men of Jabesh-Gilead; and they were glad.
10त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”
10And the men of Jabesh said, To-morrow we will come out to you, and ye may do with us according to all that is good in your sight.
11भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।
11And it came to pass the next day that Saul set the people in three companies; and they came into the midst of the camp in the morning watch, and smote Ammon until the heat of the day: and it came to pass that they who remained were scattered, and not two of them were left together.
12तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”
12And the people said to Samuel, Who is he that said, Shall Saul reign over us? bring the men, that we may put them to death.
13तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”
13But Saul said, There shall not a man be put to death this day; for to-day Jehovah has wrought deliverance in Israel.
14त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”
14And Samuel said to the people, Come and let us go to Gilgal, and renew the kingdom there.
15यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो र्हषमा उत्सव मनाए।
15And all the people went to Gilgal; and there they made Saul king before Jehovah in Gilgal; and there they sacrificed peace-offerings before Jehovah. And there Saul and all the men of Israel rejoiced exceedingly.