1त्यसबेला शाऊलले राजाको रूपमा एक वर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ वर्ष भएको थियो,
1Saul was ... years old when he became king; and he reigned two years over Israel.
2तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।
2And Saul chose him three thousand men out of Israel: there were with Saul two thousand in Michmash and in mount Bethel, and a thousand were with Jonathan in Gibeah of Benjamin; and the rest of the people he sent every man to his tent.
3जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।” शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।”
3And Jonathan smote the outpost of the Philistines that was in Geba, and the Philistines heard [of it]. And Saul blew the trumpet throughout the land, saying, Let the Hebrews hear.
4सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।” इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो।
4And all Israel heard say, Saul has smitten the garrison of the Philistines, and Israel also has become odious to the Philistines. And the people were called together after Saul to Gilgal.
5पलिश्तीहरू इस्राएलसित लडनलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)
5And the Philistines were assembled together to fight with Israel, thirty thousand chariots, and six thousand horsemen, and people as the sand which is on the sea-shore in multitude; and they came up, and encamped in Michmash, eastward from Beth-Aven.
6इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके।
6And the men of Israel saw that they were in a strait (for the people were distressed); and the people hid themselves in caves, and in thickets, and in cliffs, and in strongholds, and in pits.
7कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।
7And the Hebrews went over the Jordan into the land of Gad and Gilead. And Saul was yet in Gilgal, and all the people followed him trembling.
8शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे।
8And he waited seven days, according to the set time that Samuel [had appointed]; but Samuel did not come to Gilgal; and the people were scattered from him.
9त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए।
9And Saul said, Bring hither to me the burnt-offering and the peace-offerings. And he offered up the burnt-offering.
10तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।
10And it came to pass, as soon as he had ended offering up the burnt-offering, behold, Samuel came; and Saul went out to meet him, that he might salute him.
11शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?” शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए।
11And Samuel said, What hast thou done? And Saul said, Because I saw that the people were scattered from me, and that thou didst not come within the days appointed, and that the Philistines were assembled at Michmash,
12मैले सोचें, पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।”‘
12I said, The Philistines will come down now upon me to Gilgal, and I have not made supplication to Jehovah; and I forced myself, and offered up the burnt-offering.
13शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।
13And Samuel said to Saul, Thou hast done foolishly: thou hast not kept the commandment of Jehovah thy God which he commanded thee; for now would Jehovah have established thy kingdom over Israel for ever.
14अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”
14But now thy kingdom shall not continue: Jehovah has sought him a man after his own heart, and Jehovah has appointed him ruler over his people; for thou hast not kept what Jehovah commanded thee.
15त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए। शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।
15And Samuel arose and went up from Gilgal to Gibeah of Benjamin. And Saul numbered the people that were found with him, about six hundred men.
16शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए। पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए।
16And Saul, and Jonathan his son, and the people that were found with them, abode in Geba of Benjamin; and the Philistines encamped in Michmash.
17पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे।
17And the ravagers came out of the camp of the Philistines in three companies: one company turned the way of Ophrah, into the land of Shual;
18दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरूभूमि तर्फ फैलिएर गएको थियो।
18and another company turned the way to Beth-horon; and the other company turned the way to the district that looks over the ravine of Zeboim toward the wilderness.
19इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ।
19Now there was no smith found throughout the land of Israel; for the Philistines said, Lest the Hebrews make them swords or spears.
20पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो।
20And all Israel went down to the Philistines, every man to get his ploughshare, and his hoe, and his axe, and his sickle sharpened,
21पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाई लाग्थ्यो।
21when the edges of the sickles, and the hoes, and the forks, and the axes were blunted; and to set the goads.
22यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।
22And it came to pass in the day of battle, that there was neither sword nor spear found in the hand of any of the people that were with Saul and Jonathan; but with Saul and with Jonathan his son there was found.
23पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।
23And a garrison of the Philistines went out to the passage of Michmash.