1दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो।
1And it came to pass, when he had ended speaking to Saul, that the soul of Jonathan was knit with the soul of David, and Jonathan loved him as his own soul.
2शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन।
2And Saul took him that day, and would not let him return to his father's house.
3जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो।
3And Jonathan and David made a covenant, because he loved him as his own soul.
4आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो र्वदिसमेत धनु, तरवार र पेटी दाऊदलाई दियो।
4And Jonathan stripped himself of the robe that was upon him, and gave it to David, and his dress, even to his sword, and to his bow, and to his girdle.
5शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।
5And David went forth; whithersoever Saul sent him he prospered; and Saul set him over the men of war, and he was accepted in the sight of all the people, and also in the sight of Saul's servants.
6दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे।
6And it came to pass as they came, when David returned from the slaughter of the Philistine, that the women came out of all the cities of Israel, singing and dancing, to meet king Saul, with tambours, with joy, and with triangles.
7स्त्रीहरूले यसरी गाउँथे, “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”
7And the women answered [one another] as they played, and said, Saul hath smitten his thousands, And David his ten thousands.
8ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”
8And Saul was very wroth, and that saying was evil in his sight; and he said, They have ascribed to David ten thousands, but to me they have ascribed the thousands; and [what] is there more for him but the kingdom?
9त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।
9And Saul eyed David from that day and forward.
10अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पकर्यो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैं झै वीणा बजाए।
10And it came to pass the next day that an evil spirit from God came upon Saul, and he prophesied in the midst of the house, but David played with his hand, as on other days; and the spear was in Saul's hand.
11तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
11And Saul cast the spear, and thought, I will smite David and the wall. But David turned away from him twice.
12परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।
12And Saul was afraid of David, because Jehovah was with him, and had departed from Saul.
13शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे।
13And Saul removed him from him, and made him his captain over a thousand; and he went out and came in before the people.
14परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए।
14And David prospered in all his ways; and Jehovah was with him.
15शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले।
15And Saul saw that he prospered well, and he stood in awe of him.
16तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।
16But all Israel and Judah loved David, for he went out and came in before them.
17तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लडने छौ।” यो खालि धुर्त्याइँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”
17And Saul said to David, Behold my eldest daughter Merab, her will I give thee to wife; only be thou valiant for me, and fight Jehovah's battles. But Saul thought, My hand shall not be upon him, but the hand of the Philistines shall be upon him.
18तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिन।”
18And David said to Saul, Who am I? and what is my life, [or] my father's family in Israel, that I should be son-in-law to the king?
19जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।
19And it came to pass at the time when Merab Saul's daughter should have been given to David, that she was given to Adriel the Meholathite as wife.
20शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए।
20And Michal Saul's daughter loved David; and they told Saul, and the thing was right in his sight.
21शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”
21And Saul said, I will give him her, that she may be a snare to him, and that the hand of the Philistines may be upon him. And Saul said to David, Thou shalt this day be my son-in-law a second time.
22शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।”‘
22And Saul commanded his servants, Speak with David secretly, saying, Behold, the king has delight in thee, and all his servants love thee: now therefore be the king's son-in-law.
23शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।”
23And Saul's servants spoke those words in the ears of David. And David said, Is it a light thing in your eyes to be the king's son-in-law, seeing that I am a poor man, and lightly esteemed?
24अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए।
24And the servants of Saul told him, saying, On this manner did David speak.
25शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।”‘ यो शाऊलको धुर्त षड्यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।
25And Saul said, Thus shall ye say to David: The king does not desire any dowry, but a hundred foreskins of the Philistines, to be avenged of the king's enemies. But Saul thought to make David fall by the hand of the Philistines.
26अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे।
26And his servants told David these words; and the thing was right in David's sight to be the king's son-in-law. And the days were not expired,
27दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे। शाऊलले मीकलको विवाह दाऊदसँग गराए।
27when David arose and went, he and his men, and smote of the Philistines two hundred men; and David brought their foreskins, and they delivered them in full to the king, that he might be the king's son-in-law. And Saul gave him Michal his daughter as wife.
28शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम र्गथिन।
28And Saul saw and knew that Jehovah was with David; and Michal Saul's daughter loved him.
29यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैं दाऊदको विरोधी भए।
29And Saul was yet the more afraid of David; and Saul was David's enemy continually.
30पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।
30And the princes of the Philistines went forth; and it came to pass, whenever they went forth, that David succeeded better than all the servants of Saul; and his name was much esteemed.