Nepali

Darby's Translation

1 Samuel

27

1तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”
1And David said in his heart, I shall now perish one day by the hand of Saul: there is nothing better for me than that I should speedily escape into the land of the Philistines; and Saul will despair of me to seek me any more within all the limits of Israel, and I shall escape out of his hand.
2यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,
2And David arose and passed over, he and the six hundred men that were with him, to Achish, the son of Maoch, king of Gath.
3दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।
3And David abode with Achish at Gath, he and his men, every man with his household; David with his two wives, Ahinoam the Jizreelitess, and Abigail the Carmelitess, Nabal's wife.
4मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे।
4And it was told Saul that David had fled to Gath; and he sought no more for him.
5दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”
5And David said to Achish, If now I have found favour in thine eyes, let them give me a place in some country-town, that I may abide there; for why should thy servant abide in the royal city with thee?
6त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ।
6And Achish gave him Ziklag that day; therefore Ziklag belongs to the kings of Judah to this day.
7दाऊद पलिश्तीहरूसँग एक वर्ष चार महिना बसे।
7And the time that David abode in the country of the Philistines was a year and four months.
8दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।
8And David and his men went up and made a raid upon the Geshurites, and the Gerzites, and the Amalekites: for those were of old the inhabitants of the land, as thou goest to Shur, and as far as the land of Egypt.
9दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।
9And David smote the land, and left neither man nor woman alive, and took away the sheep, and the oxen, and the asses, and the camels, and the apparel, and returned, and came to Achish.
10दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि अथवा ‘मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें ।”
10So Achish said, Have ye not made a raid to-day? And David said, Against the south of Judah, and against the south of the Jerahmeelites, and against the south of the Kenites.
11दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।” जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे।
11And David left neither man nor woman alive, to bring [them] to Gath, for he said, Lest they should tell of us, saying, So did David. And such was his custom as long as he abode in the country of the Philistines.
12आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैं मेरो सेवा गर्नेछ।”
12And Achish trusted David, saying, He has made himself utterly odious among his people Israel; and he shall be my servant for ever.