Nepali

Darby's Translation

1 Samuel

30

1तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।
1And it came to pass, when David and his men came to Ziklag on the third day, that the Amalekites had made a raid upon the south, and upon Ziklag, and smitten Ziklag and burned it with fire;
2तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।
2and had taken the women captives that were in it; both great and small: they had put none to death, but had carried them off, and went on their way.
3जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्।
3And David and his men came to the city, and behold, it was burnt with fire; and their wives, and their sons, and their daughters were taken captives.
4त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए।
4Then David and the people that were with him lifted up their voice and wept, until they had no more power to weep.
5अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।
5And David's two wives were taken captives, Ahinoam the Jizreelitess, and Abigail the wife of Nabal the Carmelite.
6सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।
6And David was greatly distressed; for the people spoke of stoning him; for the soul of all the people was embittered, every man because of his sons and because of his daughters; but David strengthened himself in Jehovah his God.
7दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस।”
7And David said to Abiathar the priest, Ahimelech's son, Bring near to me, I pray thee, the ephod. And Abiathar brought the ephod near to David.
8दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौ? म तिनीहरूलाई पक्रन सक्छु?” परमप्रभुले भन्नु भयो, “पछ्याऊ तिनीहरूलाई। पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बचाउन सक्छौ।”
8And David inquired of Jehovah, saying, Shall I pursue after this troop? shall I overtake them? And he said to him, Pursue; for thou shalt assuredly overtake [them] and shalt certainly recover.
9[This verse may not be a part of this translation]
9So David went, he and the six hundred men that were with him, and they came to the torrent Besor; and those that were left stayed behind.
10[This verse may not be a part of this translation]
10And David pursued, he and four hundred men; for two hundred stayed behind, who were too exhausted to go over the torrent Besor.
11दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए।
11And they found an Egyptian in the field, and brought him to David, and gave him bread, and he ate; and they gave him water to drink,
12तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।
12and gave him a piece of fig-cake and two raisin-cakes, and he ate, and his spirit came again to him; for he had eaten no bread, nor drunk any water, for three days and three nights.
13दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?” त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए।
13And David said to him, To whom belongest thou? and whence art thou? And he said, I am a young man of Egypt, servant of an Amalekite; and my master left me, because three days ago I fell sick.
14हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”
14We made a raid against the south of the Cherethites, and against what [belongs] to Judah, and against the south of Caleb; and we burned Ziklag with fire.
15दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?” त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”
15And David said to him, Canst thou bring me down to this troop? And he said, Swear to me by God, that thou wilt neither put me to death nor deliver me up into the hand of my master, and I will bring thee down to this troop.
16त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।
16And he brought him down, and behold, they were spread over the whole land, eating and drinking, and dancing, because of all the great spoil that they had taken out of the land of the Philistines, and out of the land of Judah.
17दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।
17And David smote them from the twilight even to the evening of the next day; and there escaped not a man of them, save four hundred young men, who rode upon camels, and fled.
18अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे।
18And David recovered all that the Amalekites had taken: and David recovered his two wives.
19कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनःप्राप्त गरे।
19And there was nothing missed by them, neither small nor great, neither sons nor daughters, neither spoil nor anything that they had taken: David brought all back.
20सबै भेडा, बाख्रा, गाई-गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
20And David took all the flocks and the herds, [which] they drove before the other cattle, and said, This is David's spoil.
21दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए।
21And David came to the two hundred men who had been too exhausted to follow David, and whom they had left behind at the torrent Besor; and they went forth to meet David, and to meet the people that were with him; and David drew near to the people and saluted them.
22दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”
22And all the wicked men, and [men] of Belial, of those that had gone with David, answered and said, Because they went not with us, we will not give them [aught] of the spoil that we have recovered, save to every man his wife and his children, that they may lead [them] away and depart.
23दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो।
23Then said David, Ye shall not do so, my brethren, with that which Jehovah has given us, who has preserved us, and given the troop that came against us into our hand.
24तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।”
24And who will hearken to you in this matter? For as his share is that goes down to the battle, so shall his share be that abides by the baggage: they shall share alike.
25दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।
25And it was [so] from that day forward; and he made it a statute and an ordinance for Israel to this day.
26दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”
26And David came to Ziklag, and he sent of the spoil to the elders of Judah, to his friends, saying, Behold a present for you of the spoil of the enemies of Jehovah:
27दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा,
27to those in Bethel, and to those in south Ramoth, and to those in Jattir,
28अरोएर, सिपमोत, एस्तमो,
28and to those in Aroer, and to those in Siphmoth, and to those in Eshtemoa,
29राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा,
29and to those in Rachal, and to those in the cities of the Jerahmeelites, and to those in the cities of the Kenites,
30होर्मामा, बोराशानमा, अत्ताकमा,
30and to those in Hormah, and to those in Chor-ashan, and to those in Athach,
31अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।
31and to those in Hebron, and to all the places where David himself and his men went about.