1म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।
1But I myself, Paul, entreat you by the meekness and gentleness of the Christ, who, as to appearance, [when present] [am] mean among you, but absent am bold towards you;
2फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला।
2but I beseech that present I may not be bold with the confidence with which I think to be daring towards some who think of us as walking according to flesh.
3हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।
3For walking in flesh, we do not war according to flesh.
4हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।
4For the arms of our warfare [are] not fleshly, but powerful according to God to [the] overthrow of strongholds;
5अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।
5overthrowing reasonings and every high thing that lifts itself up against the knowledge of God, and leading captive every thought into the obedience of the Christ;
6तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ।
6and having in readiness to avenge all disobedience when your obedience shall have been fulfilled.
7तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले संझनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।
7Do ye look at what concerns appearance? If any one has confidence in himself that he is of Christ, let him think this again in himself, that even as he [is] of Christ, so also [are] we.
8त्यो साँचो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।
8For and if I should boast even somewhat more abundantly of our authority, which the Lord has given [to us] for building up and not for your overthrowing, I shall not be put to shame;
9यो पत्रद्वारा तिमीहरूलाई तर्साउदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन।
9that I may not seem as if I was frightening you by letters:
10कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।
10because his letters, he says, [are] weighty and strong, but his presence in the body weak, and his speech naught.
11[This verse may not be a part of this translation]
11Let such a one think this, that such as we are in word by letters [when] absent, such also present in deed.
12[This verse may not be a part of this translation]
12For we dare not class ourselves or compare ourselves with some who commend themselves; but these, measuring themselves by themselves, and comparing themselves with themselves, are not intelligent.
13तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ।
13Now *we* will not boast out of measure, but according to the measure of the rule which the God of measure has apportioned to us, to reach to you also.
14हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं।
14For we do not, as not reaching to you, overstretch ourselves, (for we have come to you also in the glad tidings of the Christ;)
15हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढछ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ।
15not boasting out of measure in other people's labours, but having hope, your faith increasing, to be enlarged amongst you, according to our rule, yet more abundantly
16हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अधि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।
16to announce the glad tidings to that [which is] beyond you, not to be boasting in another's rule of things made ready to hand.
17तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”
17But he that boasts, let him boast in the Lord.
18किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैलाई असल मान्छ।
18For not *he* that commends himself is approved, but whom the Lord commends.