Nepali

Darby's Translation

2 Kings

23

1राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए।
1And the king sent, and they gathered to him all the elders of Judah and of Jerusalem.
2तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
2And the king went up into the house of Jehovah, and all the men of Judah and all the inhabitants of Jerusalem with him, and the priests and the prophets, and all the people, both small and great; and he read in their ears all the words of the book of the covenant which had been found in the house of Jehovah.
3राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।
3And the king stood on the dais, and made a covenant before Jehovah, to walk after Jehovah, and to keep his commandments and his testimonies and his statutes with all [his] heart, and with all [his] soul, to establish the words of this covenant that are written in this book. And all the people stood to the covenant.
4तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।
4And the king commanded Hilkijah the high priest, and the priests of the second order, and the doorkeepers, to bring forth out of the temple of Jehovah all the vessels that had been made for Baal, and for the Asherah, and for all the host of the heavens; and he burned them outside Jerusalem in the fields of Kidron, and carried the ashes of them to Bethel.
5यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूट्टा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूट्टा पूजाहारीहरूलाई रोके।
5And he abolished the idolatrous priests, whom the kings of Judah had ordained to burn incense on the high places in the cities of Judah, and the environs of Jerusalem; and them that burned incense to Baal, to the sun, and to the moon, and to the constellations, and to all the host of heaven.
6योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।
6And he brought out the Asherah from the house of Jehovah, outside Jerusalem, to the torrent of Kidron, and burned it at the torrent of Kidron, and stamped it small to powder, and cast the powder upon the graves of the children of the people.
7तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।
7And he broke down the houses of the sodomites, which were in the house of Jehovah, where the women wove tents for the Asherah.
8योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवासम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।)
8And he brought all the priests out of the cities of Judah, and defiled the high places where the priests had burned incense, from Geba even to Beer-sheba; and he broke down the high places of the gates, those at the entrance of the gate of Joshua the governor of the city, [and] those on the left hand of any [going in] at the gate of the city.
9तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसंग अखमीरे रोटी खाए।
9Nevertheless the priests of the high places came not up to the altar of Jehovah in Jerusalem, but they ate of the unleavened bread among their brethren.
10तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।
10And he defiled Topheth, which is in the valley of the sons of Hinnom, that no man might cause his son or his daughter to pass through the fire to Molech.
11बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।
11And he abolished the horses that the kings of Judah had appointed to the sun at the entrance of the house of Jehovah, by the chamber of Nathan-melech the chamberlain, which was in the suburbs, and burned the chariots of the sun, with fire.
12बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।
12And the king broke down the altars that were on the roof of the upper chamber of Ahaz, which the kings of Judah had made, and the altars that Manasseh had made in the two courts of the house of Jehovah, and he shattered them, [removing them] from thence, and cast the powder of them into the torrent of Kidron.
13बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए।
13And the high places that were before Jerusalem, which were on the right hand of the mount of corruption, which Solomon the king of Israel had built for Ashtoreth the abomination of the Zidonians, and for Chemosh the abomination of the Moabites, and for Milcom the abomination of the children of Ammon, did the king defile.
14राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।
14And he broke in pieces the columns, and cut down the Asherahs, and filled their place with the bones of men.
15योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।
15Moreover the altar that was at Bethel, the high place that Jeroboam the son of Nebat, who caused Israel to sin, had made, both that altar and the high place he broke down; and burned the high place, stamped it small to powder, and burned the Asherah.
16योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।
16And Josiah turned himself, and saw the sepulchres that were there on the mount; and he sent and took the bones out of the sepulchres, and burned [them] upon the altar, and defiled it, according to the word of Jehovah, that the man of God had proclaimed, who proclaimed these things.
17योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?” त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”
17Then he said, What tombstone is that which I see? And the men of the city told him, It is the sepulchre of the man of God who came from Judah and proclaimed these things which thou hast done against the altar of Bethel.
18योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।
18And he said, Let him alone; let no man move his bones. And they saved his bones, with the bones of the prophet that came out of Samaria.
19योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।
19And all the houses also of the high places that were in the cities of Samaria, which the kings of Israel had made to provoke [Jehovah] to anger, Josiah removed, and did to them according to all the acts that he had done in Bethel.
20योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।
20And he sacrificed upon the altars all the priests of the high places that were there, and burned men's bones upon them. And he returned to Jerusalem.
21तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
21And the king commanded all the people saying, Hold the passover to Jehovah your God, as it is written in this book of the covenant.
22मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायाधीशहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्।
22For there was not holden such a passover from the days of the judges that judged Israel, nor in all the days of the kings of Israel, nor of the kings of Judah;
23तिनीहरू योशियाह राजा हुँदा अठारहौं वर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए।
23but in the eighteenth year of king Josiah was this passover holden to Jehovah in Jerusalem.
24योशियाहले धामी झाँक्रि, जादुगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।
24Moreover the necromancers and the soothsayers, and the teraphim and the idols, and all the abominations that were seen in the land of Judah and in Jerusalem, Josiah took away, that he might perform the words of the law which were written in the book that Hilkijah the priest had found in the house of Jehovah.
25योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुसरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।
25And before him there had been no king like him that turned to Jehovah with all his heart and with all his soul and with all his might, according to all the law of Moses; neither after him arose there his like.
26तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडनु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।
26But Jehovah turned not from the fierceness of his great wrath, wherewith his anger was kindled against Judah, because of all the provocations with which Manasseh had provoked him.
27परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”
27And Jehovah said, I will remove Judah also out of my sight, as I have removed Israel, and will reject this city Jerusalem which I have chosen, and the house of which I said, My name shall be there.
28सबै अरू कामहरू जो योशियाहले गरे, ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएका छन्।
28And the rest of the acts of Josiah, and all that he did, are they not written in the book of the chronicles of the kings of Judah?
29योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।
29In his days Pharaoh-Nechoh king of Egypt went up against the king of Assyria to the river Euphrates; and king Josiah went against him; but [Nechoh] slew him at Megiddo, when he had seen him.
30योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे। तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।
30And his servants carried him in a chariot dead from Megiddo, and brought him to Jerusalem, and buried him in his own sepulchre. And the people of the land took Jehoahaz the son of Josiah, and anointed him, and made him king in his father's stead.
31यहोआहाज तेईस वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्।
31Jehoahaz was twenty-three years old when he began to reign; and he reigned three months in Jerusalem; and his mother's name was Hamutal, daughter of Jeremiah of Libnah.
32यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।
32And he did evil in the sight of Jehovah, according to all that his fathers had done.
33फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।
33And Pharaoh-Nechoh had him bound at Riblah in the land of Hamath, that he might not reign in Jerusalem; and laid a tribute upon the land of a hundred talents of silver and a talent of gold.
34फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।
34And Pharaoh-Nechoh made Eliakim the son of Josiah king instead of Josiah his father, and changed his name to Jehoiakim. And he took Jehoahaz; and he came to Egypt, and died there.
35यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।
35And Jehoiakim gave the silver and the gold to Pharaoh; but he laid a proportional tax on the land to give the money according to the command of Pharaoh: he exacted the silver and the gold of the people of the land, of every one according to his estimation, to give it to Pharaoh-Nechoh.
36यहोयाकीम 25 वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्।
36Jehoiakim was twenty-five years old when he began to reign; and he reigned eleven years in Jerusalem; and his mother's name was Zebuddah, daughter of Pedaiah of Rumah.
37यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।
37And he did evil in the sight of Jehovah, according to all that his fathers had done.