1एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किन? किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात वर्ष सम्म रहने छ।”
1And Elisha had spoken to the woman whose son he had restored to life, saying, Rise up and go, thou and thy household, and sojourn wheresoever thou canst sojourn; for Jehovah has called for a famine, and it shall also come upon the land for seven years.
2यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सातवर्ष सम्म बसि।
2And the woman rose up, and did according to the saying of the man of God, and went, she and her household, and sojourned in the land of the Philistines seven years.
3सात वर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।
3And it came to pass at the seven years' end, that the woman returned out of the land of the Philistines; and she went forth to cry to the king for her house and for her land.
4राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”
4And the king was talking with Gehazi, the servant of the man of God, saying, Tell me, I pray thee, all the great things that Elisha has done.
5गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”
5And it came to pass as he was telling the king how he had restored a dead body to life, that behold, the woman whose son he had restored to life cried to the king for her house and for her land. And Gehazi said, My lord, O king, this is the woman, and this is her son, whom Elisha restored to life.
6राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले भनी। तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको पनि अन्न दिनु।”
6And the king asked the woman, and she told him. And the king appointed a certain chamberlain, saying, Restore all that was hers, and all the revenue of the land since the day that she left the country even until now.
7एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”
7And Elisha came to Damascus; and Ben-Hadad the king of Syria was sick; and it was told him saying, The man of God is come hither.
8तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”
8And the king said to Hazael, Take a present in thy hand, and go, meet the man of God, and inquire of Jehovah by him, saying, Shall I recover from this disease?
9यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
9And Hazael went to meet him, and took with him a present, even of every good thing of Damascus, forty camels' burden; and he came and stood before him, and said, Thy son Ben-Hadad king of Syria has sent me to thee, saying, Shall I recover from this disease?
10तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।”‘ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।”‘
10And Elisha said to him, Go, say to him, Thou wilt certainly recover. But Jehovah has shewn me that he shall certainly die.
11एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।
11And he settled his countenance stedfastly, until he was ashamed; and the man of God wept.
12हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
12And Hazael said, Why does my lord weep? And he said, Because I know the evil that thou wilt do to the children of Israel: their strongholds wilt thou set on fire, and their young men wilt thou kill with the sword, and wilt dash in pieces their children, and rip up their women with child.
13हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।” एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”
13And Hazael said, But what, is thy servant a dog, that he should do this great thing? And Elisha said, Jehovah has shewn me that thou wilt be king over Syria.
14त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”
14And he departed from Elisha, and came to his master, who said to him, What did Elisha say to thee? And he said, He told me [that] thou wouldest certainly recover.
15तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो। योराम आफ्नो शासन शुरू गर्छन्
15And it came to pass the next day, that he took the coverlet and dipped [it] in water, and spread it over his face, so that he died; and Hazael reigned in his stead.
16यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।
16And in the fifth year of Joram the son of Ahab, king of Israel, Jehoshaphat being then king of Judah, Jehoram the son of Jehoshaphat, king of Judah, began to reign.
17योराम 32 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ वर्ष शासन गरे।
17He was thirty-two years old when he began to reign; and he reigned eight years in Jerusalem.
18तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
18And he walked in the way of the kings of Israel, as did the house of Ahab, for the daughter of Ahab was his wife; and he did evil in the sight of Jehovah.
19तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।
19But Jehovah would not destroy Judah, for David his servant's sake, as he had promised him to give him always a lamp for his sons.
20योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।
20In his days Edom revolted from under the hand of Judah, and they set a king over themselves.
21तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।
21And Joram went over to Zair, and all the chariots with him; and he rose up by night, and smote the Edomites who had surrounded him, and the captains of the chariots; and the people fled into their tents.
22यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।
22But the Edomites revolted from under the hand of Judah unto this day. Then Libnah revolted at the same time.
23योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
23And the rest of the acts of Joram and all that he did, are they not written in the book of the chronicles of the kings of Judah?
24योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।
24And Joram slept with his fathers, and was buried with his fathers in the city of David; and Ahaziah his son reigned in his stead.
25आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं वर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए।
25In the twelfth year of Joram the son of Ahab, king of Israel, Ahaziah the son of Jehoram, king of Judah, began to reign.
26अहज्याह 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक वर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्।
26Ahaziah was twenty-two years old when he began to reign; and he reigned one year in Jerusalem; and his mother's name was Athaliah, the daughter of Omri king of Israel.
27अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
27And he walked in the way of the house of Ahab, and did evil in the sight of Jehovah, like the house of Ahab; for he was the son-in-law of the house of Ahab.
28[This verse may not be a part of this translation]
28And he went with Joram the son of Ahab to the war against Hazael the king of Syria at Ramoth-Gilead; and the Syrians wounded Joram.
29[This verse may not be a part of this translation]
29And king Joram returned to be healed in Jizreel of the wounds that the Syrians had given him at Ramah, when he fought with Hazael king of Syria. And Ahaziah the son of Jehoram, king of Judah, went down to see Joram the son of Ahab at Jizreel, for he was sick.