1दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।
1And it came to pass after the death of Saul, when David had returned from the slaughter of the Amalekites, that David abode two days in Ziklag.
2तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।
2And it came to pass on the third day, that behold, a man came out of the camp from Saul with his garments rent, and earth upon his head; and as soon as he came to David, he fell to the earth and did obeisance.
3दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?” त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”
3And David said to him, Whence comest thou? And he said to him, Out of the camp of Israel am I escaped.
4दाऊदले भने, “मलाई भन, के भयो?” त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”
4And David said to him, What has taken place? I pray thee, tell me. And he said that the people had fled from the battle, and many of the people also had fallen and died, and that Saul and Jonathan his son were dead also.
5दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”
5And David said to the young man that told him, How knowest thou that Saul and Jonathan his son are dead?
6त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।
6And the young man that told him said, I happened by chance to be upon mount Gilboa, and behold, Saul leaned on his spear; and behold, the chariots and horsemen followed hard after him.
7शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।
7And he looked behind him, and saw me, and called to me. And I said, Here am I.
8तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।
8And he said to me, Who art thou? And I said to him, I am an Amalekite.
9अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’
9He said to me again, Stand, I pray thee, over me, and slay me; for anguish has seized me; for my life is yet whole in me.
10उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
10So I stood over him, and put him to death, for I knew that he would not live after his fall; and I took the crown that was upon his head, and the bracelet that was on his arm, and have brought them hither to my lord.
11दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।
11Then David took hold of his garments and rent them; and all the men that were with him [did] likewise.
12तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।
12And they mourned, and wept, and fasted until even for Saul, and for Jonathan his son, and for the people of Jehovah, and for the house of Israel; because they were fallen by the sword.
13तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?” त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”
13And David said to the young man that told him, Whence art thou? And he said, I am the son of an Amalekite stranger.
14दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”
14And David said to him, How wast thou not afraid to stretch forth thy hand to destroy Jehovah's anointed?
15[This verse may not be a part of this translation]
15Then David called one of the young men and said, Draw near, [and] fall on him. And he smote him that he died.
16[This verse may not be a part of this translation]
16And David said to him, Thy blood be upon thy head; for thy mouth has testified against thee, saying, I have slain Jehovah's anointed.
17शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।
17And David lamented with this lamentation over Saul and over Jonathan his son;
18यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमा यो लेखिइएको छ।
18and he bade them teach the children of Judah [the song of] the bow. Behold, it is written in the book of Jasher: --
19“इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!
19The beauty of Israel is slain upon thy high places: how are the mighty fallen!
20गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।
20Tell [it] not in Gath, carry not the tidings in the streets of Ashkelon; Lest the daughters of the Philistines rejoice, Lest the daughters of the uncircumcised triumph.
21म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।
21Ye mountains of Gilboa, let there be no dew, no rain upon you, nor fields of heave-offerings! For there the shield of the mighty was vilely cast away, The shield of Saul, [as] not anointed with oil.
22जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।
22From the blood of the slain, from the fat of the mighty, The bow of Jonathan turned not back, And the sword of Saul returned not empty.
23शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।
23Saul and Jonathan, beloved and pleasant in their lives, Even in their death were not divided; They were swifter than eagles, they were stronger than lions.
24इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।
24Ye daughters of Israel, weep over Saul, who clothed you in scarlet with splendour, Who put ornaments of gold upon your apparel.
25बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।
25How are the mighty fallen in the midst of the battle! Jonathan is slain upon thy high places.
26हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।
26I am distressed for thee, my brother Jonathan: very pleasant wast thou unto me; Thy love to me was wonderful, passing women's love.
27बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।”
27How are the mighty fallen, and the instruments of war perished!