Nepali

Darby's Translation

2 Samuel

12

1परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब।
1And Jehovah sent Nathan to David. And he came to him, and said to him, There were two men in one city; the one rich, and the other poor.
2त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।
2The rich had very many flocks and herds;
3तर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।
3but the poor man had nothing at all, but one little ewe lamb which he had bought, and was nourishing; and it grew up with him, and together with his children: it ate of his morsel, and drank of his own cup, and slept in his bosom, and was to him as a daughter.
4“तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”
4And there came a traveller to the rich man, and he spared to take of his own flock and of his own herd, to dress for the wayfaring man that had come to him; and he took the poor man's lamb, and dressed it for the man that had come to him.
5दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै।
5Then David's anger was greatly kindled against the man; and he said to Nathan, As Jehovah liveth, the man that hath done this thing is worthy of death;
6उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
6and he shall restore the lamb fourfold, because he did this thing, and because he had no pity.
7तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।
7And Nathan said to David, Thou art the man! Thus saith Jehovah the God of Israel: I anointed thee king over Israel, and I delivered thee out of the hand of Saul;
8मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।
8and I gave thee thy master's house, and thy master's wives into thy bosom, and gave thee the house of Israel and of Judah; and if [that] had been too little, I would moreover have given unto thee such and such things.
9यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?
9Wherefore hast thou despised the word of Jehovah to do evil in his sight? thou hast smitten Urijah the Hittite with the sword, and hast taken his wife to be thy wife, and hast slain him with the sword of the children of Ammon.
10यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
10Now therefore the sword shall never depart from thy house; because thou hast despised me, and hast taken the wife of Urijah the Hittite to be thy wife.
11“परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्।
11Thus saith Jehovah: Behold, I will raise up evil against thee out of thine own house, and I will take thy wives before thine eyes, and give them unto thy neighbour, and he shall lie with thy wives in the sight of this sun.
12तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।”‘
12For thou didst [it] secretly; but I will do this thing before all Israel and before the sun.
13तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।” नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।
13And David said to Nathan, I have sinned against Jehovah. And Nathan said to David, Jehovah has also put away thy sin: thou shalt not die.
14तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
14Howbeit, because by this deed thou hast given great occasion to the enemies of Jehovah to blaspheme, even the child that is born to thee shall certainly die.
15त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।
15And Nathan departed to his house. And Jehovah smote the child that Urijah's wife bore to David, and it became very sick.
16दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।
16And David besought God for the child; and David fasted, and went in, and lay all night on the earth.
17दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्।
17And the elders of his house arose, [and went] to him, to raise him up from the earth; but he would not, and he ate no bread with them.
18सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”
18And it came to pass on the seventh day, that the child died. And the servants of David feared to tell him that the child was dead; for they said, Behold, while the child was yet alive, we spoke to him, and he would not hearken to our voice; and how shall we say to him, The child is dead? he may do some harm.
19तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?” नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”
19But David saw that his servants whispered, and David perceived that the child was dead; and David said to his servants, Is the child dead? And they said, He is dead.
20त्यसपछि दाऊद भुँइबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।
20Then David arose from the earth, and washed, and anointed himself, and changed his clothing, and entered into the house of Jehovah and worshipped; then he came to his own house and required them to set bread before him, and he ate.
21दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”
21And his servants said to him, What thing is this which thou hast done? thou didst fast and weep for the child alive; but as soon as the child is dead, thou dost rise and eat bread.
22दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’
22And he said, While the child was yet alive, I fasted and wept; for I thought, Who knows? [perhaps] Jehovah will be gracious to me, that the child may live.
23तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
23But now he is dead, why should I fast? can I bring him back again? I shall go to him, but he will not return to me.
24त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।
24And David comforted Bathsheba his wife, and went in to her and lay with her; and she bore a son, and he called his name Solomon; and Jehovah loved him.
25परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।
25And he sent by the hand of Nathan the prophet; and he called his name Jedidiah, for Jehovah's sake.
26रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।
26And Joab fought against Rabbah of the children of Ammon, and took the royal city.
27योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें।
27And Joab sent messengers to David, and said, I have fought against Rabbah, and have taken the city of waters.
28अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”
28And now gather the rest of the people, and encamp against the city and take it: lest I take the city and it be called by my name.
29यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए।
29And David gathered all the people, and went to Rabbah, and fought against it and took it.
30दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।
30And he took the crown of their king from off his head, the weight of which was a talent of gold with [the] precious stones; and it was [set] on David's head; and he brought forth the spoil of the city in great abundance.
31दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
31And he brought out the people that were in it, and put them under the saw, and under harrows of iron, and under axes of iron, and made them pass through the brickkilns. And so did he to all the cities of the children of Ammon. And David and all the people returned to Jerusalem.