Nepali

Darby's Translation

2 Samuel

14

1सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए।
1And Joab the son of Zeruiah perceived that the king's heart was toward Absalom.
2यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर।
2And Joab sent to Tekoah, and fetched thence a wise woman, and said to her, I pray thee, feign thyself to be a mourner, and put on mourning garments, I pray, and anoint not thyself with oil, but be as a woman that hath a long time mourned for the dead;
3राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।
3and come to the king, and speak after this manner to him. And Joab put the words into her mouth.
4टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”
4And the woman of Tekoah spoke to the king, and she fell on her face to the ground and did obeisance, and said, Save, O king!
5राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?” महिलाले भनिन्, “म विधुवा हुँ। मेरा लोग्ने मरे।
5And the king said to her, What aileth thee? And she said, I am indeed a widow woman, and my husband is dead.
6मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो।
6And thy bondmaid had two sons, and they two strove together in the field, and there was none to part them, but the one smote the other and slew him.
7अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, “त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निश नै मेटिने छ।”
7And behold, the whole family is risen against thy bondmaid, and they say, Deliver him that smote his brother, that we may put him to death, for the life of his brother whom he killed; and we will destroy the heir also: so they will quench my coal which is left, and will not leave to my husband a name or remnant on the earth.
8तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”
8And the king said to the woman, Go to thy house, and I will give charge concerning thee.
9टकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”
9And the woman of Tekoah said to the king, Upon me, my lord, O king, be the iniquity, and upon my father's house; and the king and his throne be guiltless.
10राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”
10And the king said, Whoever speaks to thee, bring him to me, and he shall not touch thee any more.
11त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाउँ लिएर शपथ दिनोस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरालाई मार्न चाहन्छन्। दया गरेर मलाई विश्वास दिलाउनुहोस् कि मेरो छोरालाई तिनीहरूबाट बचाउनु हुनेछ।” दाऊले भने, “म तिमीलाई परमप्रभुको जीउँदो नाममा भनिहरेछु कसैले पनि तिम्रो छोरालाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भूईमा खस्ने छैन।”
11Then she said, I pray thee, let the king remember Jehovah thy God, that thou wouldest not suffer the revengers of blood to destroy any more, lest they cut off my son. And he said, [As] Jehovah liveth, there shall not one hair of thy son fall to the earth.
12त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।” राजाले भने, “भन।”
12And the woman said, Let thy bondmaid, I pray thee, speak a word to my lord the king. And he said, Speak.
13तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिइनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोडन वाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन।
13And the woman said, Why then hast thou thought such a thing against God's people? and the king in saying this thing, is as one guilty, in that the king does not bring back his banished one.
14एक दिन हामी सबै मर्ने नै हौं हामी भँुइमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ।
14For we must needs die, and are as water spilt on the ground, which cannot be gathered up again; and God has not taken away his life, but devises means that the banished one be not expelled from him.
15मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान।
15And now that I am come to speak of this thing to my lord the king, it is because the people have made me afraid; and thy bondmaid said, I will now speak to the king; perhaps the king will perform the request of his handmaid.
16मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’
16For the king will hear, to deliver his handmaid out of the hand of the man that would destroy me and my son together out of the inheritance of God.
17म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”
17And thy bondmaid said, Let the word of my lord the king now be comfortable; for as an angel of God, so is my lord the king to discern good and bad; and Jehovah thy God will be with thee.
18राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।” त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”
18And the king answered and said to the woman, Hide not from me, I pray thee, the thing that I shall ask thee. And the woman said, Let my lord the king now speak.
19राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?” त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्।
19And the king said, Is the hand of Joab with thee in all this? And the woman answered and said, [As] thy soul liveth, my lord, O king, there is no turning to the right hand or to the left from aught that my lord the king has spoken; for thy servant Joab, he bade me, and he put all these words into the mouth of thy bondmaid:
20योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”
20in order to turn the appearance of the thing has thy servant Joab done this thing; but my lord is wise, according to the wisdom of an angel of God, to know all that is in the earth.
21राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”
21And the king said to Joab, Behold now, I have done this thing: so go, bring back the young man Absalom.
22योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”
22And Joab fell to the ground on his face and bowed himself, and blessed the king; and Joab said, To-day thy servant knows that I have found favour in thy sight, my lord, O king, in that the king has fulfilled the request of his servant.
23तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए।
23And Joab arose and went to Geshur, and brought Absalom to Jerusalem.
24तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेटून नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेटून जान सकेन।
24And the king said, Let him turn to his own house, and let him not see my face. And Absalom withdrew to his own house, and saw not the king's face.
25मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन।
25But in all Israel there was none to be so much praised as Absalom for his beauty: from the sole of his foot even to the crown of his head there was no blemish in him.
26प्रत्येक वर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काटूथे र तौलन्थे। कपालको ओजन झण्डै 200 शेकेल हुन्थ्यो।
26And when he shaved his head (for it was at every year's end that he shaved it, because it was heavy on him, therefore he shaved it), he weighed the hair of his head at two hundred shekels after the king's weight.
27अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।
27And to Absalom there were born three sons, and one daughter, whose name was Tamar: she was a woman of a beautiful countenance.
28अब्शालोम पूरा दुइ वर्ष यरूशलेममा राजासँग भेट नगरी बसे।
28So Absalom dwelt two full years in Jerusalem, and did not see the king's face.
29अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।
29Then Absalom sent for Joab, to send him to the king; but he would not come to him; and he sent again the second time, but he would not come.
30त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।” यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।
30Then he said to his servants, See, Joab's allotment is near mine and he has barley there: go and set it on fire. And Absalom's servants set the allotment on fire.
31योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?”
31Then Joab arose, and came to Absalom to [his] house, and said to him, Why have thy servants set my allotment on fire?
32अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थे। म तिमीद्वारा राजालाई सोध्न चाहान्थे मलाई गेशूरबाट यहाँ ल्याउ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेटून देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”
32And Absalom said to Joab, Behold, I sent to thee, saying, Come hither, that I may send thee to the king, to say, Why am I come from Geshur? it would have been better for me to be there still. And now let me see the king's face; and if there be iniquity in me, let him slay me.
33तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेटून आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।
33And Joab came to the king, and told him. And he called Absalom, and he came to the king, and bowed himself on his face to the ground before the king; and the king kissed Absalom.