1पावल, सिलवानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।
1Paul and Silvanus and Timotheus to the assembly of Thessalonians in God our Father and [the] Lord Jesus Christ.
2तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
2Grace to you, and peace from God our Father, and [the] Lord Jesus Christ.
3तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
3We ought to thank God always for you, brethren, even as it is meet, because your faith increases exceedingly, and the love of each one of you all towards one another abounds;
4यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।
4so that we ourselves make our boast in you in the assemblies of God for your endurance and faith in all your persecutions and tribulations, which ye are sustaining;
5यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो।
5a manifest token of the righteous judgment of God, to the end that ye should be counted worthy of the kingdom of God, for the sake of which ye also suffer;
6परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।
6if at least [it is a] righteous thing with God to render tribulation to those that trouble you,
7अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
7and to you that are troubled repose with us, at the revelation of the Lord Jesus from heaven, with [the] angels of his power,
8परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरुलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ।
8in flaming fire taking vengeance on those who know not God, and those who do not obey the glad tidings of our Lord Jesus Christ;
9तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।
9who shall pay the penalty [of] everlasting destruction from [the] presence of the Lord, and from the glory of his might,
10यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू जजसले विश्वस गर्छन येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किन कि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ।
10when he shall have come to be glorified in his saints, and wondered at in all that have believed, (for our testimony to you has been believed,) in that day.
11त्यसैकारण हामी सधैं तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गछौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून।
11To which end we also pray always for you, that our God may count you worthy of the calling, and fulfil all [the] good pleasure of [his] goodness and [the] work of faith with power,
12हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।
12so that the name of our Lord Jesus [Christ] may be glorified in you and *ye* in him, according to the grace of our God, and of [the] Lord Jesus Christ.