1प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।
1I composed the first discourse, O Theophilus, concerning all things which Jesus began both to do and to teach,
2मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो।
2until that day in which, having by the Holy Spirit charged the apostles whom he had chosen, he was taken up;
3यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।
3to whom also he presented himself living, after he had suffered, with many proofs; being seen by them during forty days, and speaking of the things which concern the kingdom of God;
4एक समय जब येशू तिनीहरूसंग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा र्पखिनु पर्छ।
4and, being assembled with [them], commanded them not to depart from Jerusalem, but to await the promise of the Father, which [said he] ye have heard of me.
5यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”
5For John indeed baptised with water, but *ye* shall be baptised with the Holy Spirit after now not many days.
6प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”
6They therefore, being come together, asked him saying, Lord, is it at this time that thou restorest the kingdom to Israel?
7येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ।” तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।
7And he said to them, It is not yours to know times or seasons, which the Father has placed in his own authority;
8तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
8but ye will receive power, the Holy Spirit having come upon you, and ye shall be my witnesses both in Jerusalem, and in all Judaea and Samaria, and to the end of the earth.
9येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।
9And having said these things he was taken up, they beholding [him], and a cloud received him out of their sight.
10येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।
10And as they were gazing into heaven, as he was going, behold, also two men stood by them in white clothing,
11ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
11who also said, Men of Galilee, why do ye stand looking into heaven? This Jesus who has been taken up from you into heaven, shall thus come in the manner in which ye have beheld him going into heaven.
12त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।
12Then they returned to Jerusalem from the mount called [the mount] of Olives, which is near Jerusalem, a sabbath-day's journey off.
13प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
13And when they were come into [the city], they went up to the upper chamber, where were staying both Peter, and John, and James, and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James [son] of Alphaeus, and Simon the zealot, and Jude [the brother] of James.
14प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसंग थिए।
14These gave themselves all with one accord to continual prayer, with [several] women, and Mary the mother of Jesus, and with his brethren.
15केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,
15And in those days Peter, standing up in the midst of the brethren, said, (the crowd of names [who were] together [was] about a hundred and twenty,)
16[This verse may not be a part of this translation]
16Brethren, it was necessary that the scripture should have been fulfilled, which the Holy Spirit spoke before, by the mouth of David, concerning Judas, who became guide to those who took Jesus;
17[This verse may not be a part of this translation]
17for he was numbered amongst us, and had received a part in this service.
18यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए।
18(This [man] then indeed got a field with [the] reward of iniquity, and, having fallen down headlong, burst in the midst, and all his bowels gushed out.
19यो घटनाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दमाको अर्थ, “रगतको खेत” हुन्छ।
19And it was known to all the inhabitants of Jerusalem, so that that field was called in their own dialect Aceldama; that is, field of blood.)
20पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ भजनसंग्रह 69 : 25 अनि यस्तो पनि लेखियोः ‘त्यसको काम अरू कसैले लैजावोस्।’ भजनसंग्रह 109:8
20For it is written in [the] book of Psalms, Let his homestead become desolate, and let there be no dweller in it; and, Let another take his overseership.
21[This verse may not be a part of this translation]
21It is necessary therefore, that of the men who have assembled with us all [the] time in which the Lord Jesus came in and went out among us,
22[This verse may not be a part of this translation]
22beginning from the baptism of John until the day in which he was taken up from us, one of these should be a witness with us of his resurrection.
23प्रेरितहरूले दुईजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो।
23And they appointed two, Joseph, who was called Barsabas, who had been surnamed Justus, and Matthias.
24[This verse may not be a part of this translation]
24And they prayed, and said, Thou Lord, knower of the hearts of all, shew which one of these two thou hast chosen,
25[This verse may not be a part of this translation]
25to receive the lot of this service and apostleship, from which Judas transgressing fell to go to his own place.
26प्रेरितहरूले दुई जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।
26And they gave lots on them, and the lot fell on Matthias, and he was numbered with the eleven apostles.