1पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
1And having journeyed through Amphipolis and Apollonia, they came to Thessalonica, where was the synagogue of the Jews.
2पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैं झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसंग चर्चा-परिचर्चा गरे।
2And according to Paul's custom he went in among them, and on three sabbaths reasoned with them from the scriptures,
3पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। वापलले बने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।”
3opening and laying down that the Christ must have suffered and risen up from among the dead, and that this is the Christ, Jesus whom *I* announce to you.
4कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससंग सामेल भए।
4And some of them believed, and joined themselves to Paul and Silas, and of the Greeks who worshipped, a great multitude, and of the chief women not a few.
5तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिडथे भाडामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैलाबैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे।
5But the Jews having been stirred up to jealousy, and taken to [themselves] certain wicked men of the lowest rabble, and having got a crowd together, set the city in confusion; and having beset the house of Jason sought to bring them out to the people;
6तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खडा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे!
6and not having found them, dragged Jason and certain brethren before the politarchs, crying out, These [men] that have set the world in tumult, are come here also,
7जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”
7whom Jason has received; and these all do contrary to the decrees of Caesar, saying, that there is another king, Jesus.
8शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए।
8And they troubled the crowd and the politarchs when they heard these things.
9तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।
9And having taken security of Jason and the rest, they let them go.
10त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए।
10But the brethren immediately sent away, in the night, Paul and Silas to Berea; who, being arrived, went away into the synagogue of the Jews.
11यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे।
11And these were more noble than those in Thessalonica, receiving the word with all readiness of mind, daily searching the scriptures if these things were so.
12तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।
12Therefore many from among them believed, and of Grecian women of the upper classes and men not a few.
13तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे।
13But when the Jews from Thessalonica knew that the word of God was announced in Berea also by Paul, they came there also, stirring up the crowds.
14यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे।
14And then immediately the brethren sent away Paul to go as to the sea; but Silas and Timotheus abode there.
15विश्वासीहरू जो पावलसंग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”
15But they that conducted Paul brought him as far as Athens; and, having received a commandment to Silas and Timotheus, that they should come to him as quickly as possible, they departed.
16पावलले तिमोथी र सिलासलाई एथेन्समा र्पखिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो।
16But in Athens, while Paul was waiting for them, his spirit was painfully excited in him seeing the city given up to idolatry.
17सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसंग बात गरे। पावलले बजारमा डुली हिडने मानिसहरूसंग पनि बात गरे।
17He reasoned therefore in the synagogue with the Jews, and those who worshipped, and in the market-place every day with those he met with.
18त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शानकहरूसंग निक्कै विचार-विर्मष भयो। तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”
18But some also of the Epicurean and Stoic philosophers attacked him. And some said, What would this chatterer say? and some, He seems to be an announcer of foreign demons, because he announced the glad tidings of Jesus and the resurrection [to them].
19तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ?
19And having taken hold on him they brought [him] to Areopagus, saying, Might we know what this new doctrine which is spoken by thee [is]?
20यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ।” हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।”
20For thou bringest certain strange things to our ears. We wish therefore to know what these things may mean.
21एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।
21Now all [the] Athenians and the strangers sojourning there spent their time in nothing else than to tell and to hear the news.
22त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु।
22And Paul standing in the midst of Areopagus said, Athenians, in every way I see you given up to demon worship;
23म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!
23for, passing through and beholding your shrines, I found also an altar on which was inscribed, To the unknown God. Whom therefore ye reverence, not knowing [him], him I announce to you.
24उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धरती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्नु!
24The God who has made the world and all things which are in it, *he*, being Lord of heaven and earth, does not dwell in temples made with hands,
25उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसंग छन्।
25nor is served by men's hands as needing something, himself giving to all life and breath and all things;
26परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।
26and has made of one blood every nation of men to dwell upon the whole face of the earth, having determined ordained times and the boundaries of their dwelling,
27परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न।
27that they may seek God; if indeed they might feel after him and find him, although he is not far from each one of us:
28‘हामी उहाँसंगै बाँच्छौं। हामी उहाँसंगै हिंड्छौं। हामी उहाँसंगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः हामी उहाँकै बालकहरू मात्र हौं।’
28for in him we live and move and exist; as also some of the poets amongst you have said, For we are also his offspring.
29हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न।
29Being therefore [the] offspring of God, we ought not to think that which is divine to be like gold or silver or stone, [the] graven form of man's art and imagination.
30बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ।
30God therefore, having overlooked the times of ignorance, now enjoins men that they shall all everywhere repent,
31परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसंग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”
31because he has set a day in which he is going to judge the habitable earth in righteousness by [the] man whom he has appointed, giving the proof [of it] to all [in] having raised him from among [the] dead.
32जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौ।”
32And when they heard [of the] resurrection of the dead, some mocked, and some said, We will hear thee again also concerning this.
33पावल तिनीहरूबाट गए।
33Thus Paul went out of their midst.
34तर कतिपय मानिसहरूले पावलसंग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।
34But some men joining themselves to him believed; among whom also was Dionysius the Areopagite, and a woman by name Damaris, and others with them.