Nepali

Darby's Translation

Acts

21

1हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।
1And when, having got away from them, we at last sailed away, we came by a direct course to Cos, and on the morrow to Rhodes, and thence to Patara.
2पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।
2And having found a ship passing over into Phoenicia, we went on board and sailed;
3हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।
3and having sighted Cyprus, and left it on the left hand, we sailed to Syria, and made the land at Tyre, for there the ship was to discharge her cargo.
4हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसंगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए।
4And having found out the disciples, we remained there seven days; who said to Paul by the Spirit not to go up to Jerusalem.
5तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।
5But when we had completed the days, we set out and took our journey, all of them accompanying us, with wives and children, till [we were] out of the city. And kneeling down upon the shore we prayed.
6त्यसपछि हामीले विदा लिएर जहाजमा चढयौ। चेलाहरू घर फर्के।
6And having embraced one another, we went on board ship, and they returned home.
7हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसंग एकदिन बस्यौं।
7And we, having completed the voyage, arrived from Tyre at Ptolemais, and having saluted the brethren, we remained one day with them.
8अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।
8And leaving on the morrow, we came to Caesarea; and entering into the house of Philip the evangelist, who was of the seven, we abode with him.
9उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।
9Now this man had four virgin daughters who prophesied.
10त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदीयाबटा आए
10And as we stayed there many days, a certain man, by name Agabus, a prophet, came down from Judaea,
11तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले , भन्नुहुन्छ, यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।”
11and coming to us and taking the girdle of Paul, and having bound his own hands and feet, said, Thus saith the Holy Spirit, The man whose this girdle is shall the Jews thus bind in Jerusalem, and deliver him up into the hands of [the] Gentiles.
12हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं।
12And when we heard these things, both we and those of the place besought [him] not to go up to Jerusalem.
13तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”
13But Paul answered, What do ye, weeping and breaking my heart? for *I* am ready not only to be bound, but also to die at Jerusalem for the name of the Lord Jesus.
14हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”
14And when he would not be persuaded, we were silent, saying, The will of the Lord be done.
15त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं
15And after these days, having got our effects ready, we went up to Jerusalem.
16सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसंग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यही बस्यौं।
16And [some] of the disciples from Caesarea went with us, bringing [with them] a certain Mnason, a Cyprian, an old disciple, with whom we were to lodge.
17यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
17And when we arrived at Jerusalem the brethren gladly received us.
18अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।
18And on the morrow Paul went in with us to James, and all the elders came there.
19पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।
19And having saluted them, he related one by one the things which God had wrought among the nations by his ministry.
20जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।
20And they having heard [it] glorified God, and said to him, Thou seest, brother, how many myriads there are of the Jews who have believed, and all are zealous of the law.
21अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।
21And they have been informed concerning thee, that thou teachest all the Jews among the nations apostasy from Moses, saying that they should not circumcise their children, nor walk in the customs.
22के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।
22What is it then? a multitude must necessarily come together, for they will hear that thou art come.
23यसर्थ के गर्नु पर्ने हो हामी बताँउछौः हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।
23This do therefore that we say to thee: We have four men who have a vow on them;
24यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।
24take these and be purified with them, and pay their expenses, that they may have their heads shaved; and all will know that [of those things] of which they have been informed about thee nothing is [true]; but that thou thyself also walkest orderly, keeping the law.
25गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः ‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘
25But concerning [those of] the nations who have believed, we have written, deciding that they should [observe no such thing, only to] keep themselves both from things offered to idols, and from blood, and from things strangled, and from fornication.
26पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।
26Then Paul, taking the men, on the next day, having been purified, entered with them into the temple, signifying the time the days of the purification would be fulfilled, until the offering was offered for every one of them.
27जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।
27And when the seven days were nearly completed, the Jews from Asia, having seen him in the temple, set all the crowd in a tumult, and laid hands upon him,
28तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”
28crying, Israelites, help! this is the man who teaches all everywhere against the people, and the law, and this place, and has brought Greeks too into the temple, and profaned this holy place.
29यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।
29For they had before seen Trophimus the Ephesian with him in the city, whom they supposed that Paul had brought into the temple.
30यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।
30And the whole city was moved, and there was a concourse of the people; and having laid hold on Paul they drew him out of the temple, and immediately the doors were shut.
31जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए।
31And as they were seeking to kill him, a representation came to the chiliarch of the band that the whole of Jerusalem was in a tumult;
32सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।
32who, taking with him immediately soldiers and centurions, ran down upon them. But they, seeing the chiliarch and the soldiers, ceased beating Paul.
33तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा सागँलाहरूले बाँध्नु भनी हूकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”
33Then the chiliarch came up and laid hold upon him, and commanded [him] to be bound with two chains, and inquired who he might be, and what he had done.
34कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।
34And different persons cried some different thing in the crowd. But he, not being able to know the certainty on account of the uproar, commanded him to be brought into the fortress.
35[This verse may not be a part of this translation]
35But when he got upon the stairs it was so that he was borne by the soldiers on account of the violence of the crowd.
36[This verse may not be a part of this translation]
36For the multitude of the people followed, crying, Away with him.
37सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”
37But as he was about to be led into the fortress, Paul says to the chiliarch, Is it allowed me to say something to thee? And he said, Dost thou know Greek?
38मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र उ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”
38Thou art not then that Egyptian who before these days raised a sedition and led out into the wilderness the four thousand men of the assassins?
39पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”
39But Paul said, *I* am a Jew of Tarsus, citizen of no insignificant city of Cilicia, and I beseech of thee, allow me to speak to the people.
40सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।
40And when he had allowed him, Paul, standing on the stairs, beckoned with his hand to the people; and a great silence having been made, he addressed them in the Hebrew tongue, saying,