Nepali

Darby's Translation

Acts

9

1त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।
1But Saul, still breathing out threatenings and slaughter against the disciples of the Lord, came to the high priest
2शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
2and asked of him letters to Damascus, to the synagogues, so that if he found any who were of the way, both men and women, he might bring [them] bound to Jerusalem.
3तब शावल दमीशक गए। जब उ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो।
3But as he was journeying, it came to pass that he drew near to Damascus; and suddenly there shone round about him a light out of heaven,
4शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”
4and falling on the earth he heard a voice saying to him, Saul, Saul, why dost thou persecute me?
5शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेझो।
5And he said, Who art thou, Lord? And he [said], *I* am Jesus, whom *thou* persecutest.
6उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
6But rise up and enter into the city, and it shall be told thee what thou must do.
7शावलसंग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्।
7But the men who were travelling with him stood speechless, hearing the voice but beholding no one.
8शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसंग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।
8And Saul rose up from the earth, and his eyes being opened he saw no one. But leading [him] by the hand they brought him into Damascus.
9[This verse may not be a part of this translation]
9And he was three days without seeing, and neither ate nor drank.
10दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासंग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”
10And there was a certain disciple in Damascus by name Ananias. And the Lord said to him in a vision, Ananias. And he said, Behold, [here am] I, Lord.
11प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।
11And the Lord [said] to him, Rise up and go into the street which is called Straight, and seek in the house of Judas one by name Saul, [he is] of Tarsus: for, behold, he is praying,
12शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि रागिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”
12and has seen [in a vision] a man by name Ananias coming in and putting his hand on him, so that he should see.
13तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ।
13And Ananias answered, Lord, I have heard from many concerning this man how much evil he has done to thy saints at Jerusalem;
14अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”
14and here he has authority from the chief priests to bind all who call upon thy name.
15तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।
15And the Lord said to him, Go, for this [man] is an elect vessel to me, to bear my name before both nations and kings and [the] sons of Israel:
16म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”
16for *I* will shew to him how much he must suffer for my name.
17यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”
17And Ananias went and entered into the house; and laying his hands upon him he said, Saul, brother, the Lord has sent me, Jesus that appeared to thee in the way in which thou camest, that thou mightest see, and be filled with [the] Holy Spirit.
18तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए।
18And straightway there fell from his eyes as it were scales, and he saw, and rising up was baptised;
19त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे। शावाल केही दिनसम्म चेलाहरूसंग दमीशकमा बसे।
19and, having received food, got strength. And he was with the disciples who [were] in Damascus certain days.
20चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”
20And straightway in the synagogues he preached Jesus that *he* is the Son of God.
21सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”
21And all who heard were astonished and said, Is not this *he* who destroyed in Jerusalem those who called on this name, and here was come for this purpose, that he might bring them bound to the chief priests?
22तर शावल झन् झन प्रभावशाली भए अनि यशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।
22But Saul increased the more in power, and confounded the Jews who dwelt in Damascus, proving that this is the Christ.
23धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।
23Now when many days were fulfilled, the Jews consulted together to kill him.
24यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए।
24But their plot became known to Saul. And they watched also the gates both day and night, that they might kill him;
25एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।
25but the disciples took him by night and let him down through the wall, lowering him in a basket.
26त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्।
26And having arrived at Jerusalem he essayed to join himself to the disciples, and all were afraid of him, not believing that he was a disciple.
27तर बर्णाबसले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।
27But Barnabas took him and brought him to the apostles, and related to them how he had seen the Lord in the way, and that he had spoken to him, and how in Damascus he had spoken boldly in the name of Jesus.
28अनि त्यसकारण शावल विश्वासीहरूसंगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिडे।
28And he was with them coming in and going out at Jerusalem,
29शावल प्रायः ती यहूदीहरूसंग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसंग उनले र्तक-विर्तक पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे।
29and speaking boldly in the name of the Lord. And he spoke and discussed with the Hellenists; but they sought to kill him.
30जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।
30And the brethren knowing it, brought him down to Caesarea and sent him away to Tarsus.
31त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।
31The assemblies then throughout the whole of Judaea and Galilee and Samaria had peace, being edified and walking in the fear of the Lord, and were increased through the comfort of the Holy Spirit.
32पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे।
32Now it came to pass that Peter, passing through all [quarters], descended also to the saints who inhabited Lydda.
33लिड्डामा तिनको एकजना आठ र्वष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससंग भेट भयो। एनियास आफ्नो विछ्योैनाबाट चल्न सक्तैन थियो
33And he found there a certain man, Aeneas by name, who had been lying for eight years upon a couch, who was paralysed.
34पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो।
34And Peter said to him, Aeneas, Jesus, the Christ, heals thee: rise up, and make thy couch for thyself. And straightway he rose up.
35लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।”
35And all who inhabited Lydda and the Saron saw him, who turned to the Lord.
36जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैं पैसा दिन्थिन्।
36And in Joppa there was a certain female disciple, by name Tabitha, which being interpreted means Dorcas. She was full of good works and alms-deeds which she did.
37पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।
37And it came to pass in those days that she grew sick and died; and, having washed her, they put her in [the] upper room.
38जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”
38But Lydda being near to Joppa, the disciples having heard that Peter was there, sent two men to him, beseeching him, Thou must not delay coming to us.
39पत्रुस तयार भए अनि तिनीहरूसंग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए।
39And Peter rising up went with them, whom, when arrived, they brought up into the upper chamber; and all the widows stood by him weeping and shewing him the body-coats and garments which Dorcas had made while she was with them.
40पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी र्फकिए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्।
40But Peter, putting them all out, and kneeling down, prayed. And, turning to the body, he said, Tabitha, arise. And she opened her eyes, and, seeing Peter, sat up.
41पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!
41And having given her [his] hand, he raised her up, and having called the saints and the widows, presented her living.
42जोप्पाको चारैतिरका मानिसहरूले त्यो घटनाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे।
42And it became known throughout the whole of Joppa, and many believed on the Lord.
43पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसंग बसे।
43And it came to pass that he remained many days in Joppa with a certain Simon, a tanner.