1हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ।
1Hear this word that Jehovah hath spoken against you, children of Israel, against the whole family that I brought up from the land of Egypt, saying,
2“विभिन्न धेरै परिवारका मानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”
2You only have I known of all the families of the earth; therefore will I visit upon you all your iniquities.
3दुइ जनाको आपसमा सहमत् नभए सम्म संग-संगै हिडन सक्तैनन्।
3Shall two walk together except they be agreed?
4के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ?
4Will a lion roar in the forest when he hath no prey? Will a young lion cry out of his den if he have taken nothing?
5जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरा पक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरु पक्रनेछ।
5Can a bird fall in a snare upon the earth when no gin [is laid] for him? Will the snare spring up from the earth when nothing at all hath been taken?
6के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भने त्यो परमप्रभुद्वारा पठाइएको हो।
6Shall a trumpet be blown in the city, and the people not be afraid? Shall there be evil in a city, and Jehovah not have done [it]?
7मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।
7But the Lord Jehovah will do nothing, but he revealeth his secret unto his servants the prophets.
8यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?
8The lion hath roared, -- who will not fear? The Lord Jehovah hath spoken, -- who can but prophesy?
9अश्दोद र मिश्रका किल्लाहरुमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरुमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएको छ।
9Publish in the palaces at Ashdod, and in the palaces in the land of Egypt, and say, Assemble yourselves upon the mountains of Samaria, and behold the great uproar in the midst thereof, and the oppressions that are within her:
10तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।”
10and they know not to do right, saith Jehovah, who store up violence and plunder in their palaces.
11यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”
11Therefore thus saith the Lord Jehovah: An adversary! -- even round about the land! And he shall bring down thy strength from thee, and thy palaces shall be pillaged.
12जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमा सुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्।
12Thus saith Jehovah: Like as the shepherd rescueth out of the jaw of the lion two legs, or a piece of an ear; so shall the children of Israel be rescued that sit in Samaria in the corner of a couch, and upon the damask of a bed.
13मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरुलाई यो कुराहरुको चेतावनी देऊ।
13Hear ye, and testify in the house of Jacob, saith the Lord Jehovah, the God of hosts,
14परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरुको लागि दण्ड दिनेछु। म बेतेलका वेदी ध्वंश गरिदिनेछु र समस्त वेदी भुँइमाखस्ने बनाउँछु।
14that in the day that I shall visit the transgressions of Israel upon him, I will also punish the altars of Bethel; and the horns of the altar shall be cut off, and fall to the ground.
15म र्गमिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।
15And I will smite the winter-house with the summer-house; and the houses of ivory shall perish, and many houses shall have an end, saith Jehovah.