Nepali

Darby's Translation

Daniel

12

1“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।
1And at that time shall Michael stand up, the great prince who standeth for the children of thy people; and there shall be a time of distress, such as never was since there was a nation until that time. And at that time thy people shall be delivered, every one that is found written in the book.
2अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।
2And many of them that sleep in the dust of the earth shall awake, some to everlasting life, and some to shame, to everlasting contempt.
3ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।
3And they that are wise shall shine as the brightness of the expanse; and they that turn the many to righteousness as the stars, for ever and ever.
4“‘तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँचो ज्ञान बढ्नेछ।’
4And thou, Daniel, close the words, and seal the book, till the time of the end. Many shall run to and fro, and knowledge shall be increased.
5“त्यसपछि म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए।
5And I Daniel looked, and behold, there stood other two, the one on this side, on the bank of the river, and the other on that side, on the bank of the river.
6एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, ‘यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?’
6And he said to the man clothed in linen, who was above the waters of the river, How long [is it to] the end of these wonders?
7“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’
7And I heard the man clothed in linen, who was above the waters of the river; and he held up his right hand and his left hand unto the heavens, and swore by him that liveth for ever that it is for a time, times, and a half; and when the scattering of the power of the holy people shall be accomplished, all these things shall be finished.
8“मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, ‘हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।’
8And I heard, but I understood not. And I said, My lord, what shall be the end of these things?
9“उसले भन्यो, ‘दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्।
9And he said, Go thy way, Daniel; for these words are closed and sealed till the time of the end.
10धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याँई गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।
10Many shall be purified, and be made white, and be refined; but the wicked shall do wickedly: and none of the wicked shall understand; but the wise shall understand.
11“‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।
11And from the time that the continual [sacrifice] is taken away, and the abomination that maketh desolate set up, [there shall be] a thousand, two hundred, and ninety days.
12त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्न पर्खिरहन्छ।
12Blessed is he that waiteth, and cometh to the thousand three hundred and thirty-five days!
13“‘अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”‘
13But do thou go thy way until the end; and thou shalt rest, and stand in thy lot at the end of the days.