Nepali

Darby's Translation

Deuteronomy

19

1“अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।
1When Jehovah thy God hath cut off the nations whose land Jehovah thy God giveth thee, and thou hast dispossessed them, and dwellest in their cities and in their houses,
2तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ।
2thou shalt separate three cities for thyself in the midst of thy land, which Jehovah thy God giveth thee to possess.
3तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।
3Thou shalt prepare thee the way, and divide the territory of thy land, which Jehovah thy God giveth thee to inherit, into three parts, so that every slayer may flee thither.
4“यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन।
4And this is the case of the slayer who shall flee thither that he may live: he that smiteth his neighbour unwittingly, whom he hated not previously;
5यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटामध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सएछ।
5as when he goeth into the wood with his neighbour to hew wood, and his hand fetcheth a stroke with the axe to cut down the tree, and the iron slippeth from the handle, and lighteth upon his neighbour, that he die; such an one shall flee unto one of these cities, and live;
6तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सएदैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सएछ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन।
6lest the avenger of blood pursue the manslayer, while his heart is hot, and overtake him, because the way is long, and smite him mortally; whereas he was not worthy of death, since he hated him not previously.
7शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु।
7Therefore I command thee, saying, Thou shalt separate three cities for thyself.
8“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ।
8And if Jehovah thy God enlarge thy border, as he hath sworn unto thy fathers, and give thee all the land which he promised to give unto thy fathers
9यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ।
9(if thou keep all this commandment to do it, which I command thee this day, to love Jehovah thy God, and to walk in his ways continually), then shalt thou add three cities more for thyself to these three,
10तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।
10that innocent blood be not shed in the midst of thy land which Jehovah thy God giveth thee for an inheritance, and blood come not upon thee.
11“तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।
11But if a man hate his neighbour, and lie in wait for him, and rise up against him, and smite him mortally that he die, and he flee into one of these cities,
12यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सएछन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ।
12then the elders of his city shall send and fetch him thence, and deliver him into the hand of the avenger of blood, that he may die.
13तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ। सम्पत्तिको साँध-सीमाना
13Thine eye shall not spare him; and thou shalt put away innocent blood from Israel, that it may be well with thee.
14“तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।
14Thou shalt not remove thy neighbour's landmark, which they of old time have fixed in thine inheritance, which thou shalt inherit in the land which Jehovah thy God giveth thee to possess.
15“यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
15One witness shall not rise up against a man for any iniquity, and for any sin, in any sin that he sinneth: at the mouth of two witnesses, or at the mouth of three witnesses, shall a matter be established.
16“कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झूठो साक्षी दिनु अघि आउनु सएछ।
16If an unrighteous witness rise up against any man to testify against him of an offence;
17यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सएछन्।
17then both the men between whom the controversy is shall stand before Jehovah, before the priests and the judges that shall be in those days;
18न्यायकर्त्ताहरूले सावधानीसँग झगडामा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सएछन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए,
18and the judges shall make thorough inquiry; and if the witness be a false witness, and he have testified falsely against his brother,
19तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ।
19then shall ye do unto him as he had thought to have done unto his brother; and thou shalt put evil away from thy midst.
20अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।
20And those that remain shall hear, and fear, and shall henceforth commit no more any such evil in thy midst.
21“तिमीहरूले त्यस मानिसप्रति सहानुभूति देखाउनु हुँदैन जसले अपराध गरेको हुन्छ जति बेला उसलाई सजाय दिइन्छ। यदि कसैको ज्यान लिन्छ भने उसको जीवन पनि शेष पार्नुपर्छ। नियम छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र खुट्टाको सट्टा खुट्टा हुनेछ।
21And thine eye shall not spare: life for life, eye for eye, tooth for tooth, hand for hand, foot for foot.