1प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।
1To everything there is a season, and a time to every purpose under the heavens:
2जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ।
2A time to be born, and a time to die; A time to plant, and a time to pluck up that which is planted;
3त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
3A time to kill, and a time to heal; A time to break down, and a time to build up;
4कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।
4A time to weep, and a time to laugh; A time to mourn, and a time to dance;
5एक समय हुन्छ ढुङ्गा फ्याँक्ने एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ त्यसै छोडिदिने एउटा समय हुन्छ।
5A time to cast away stones, and a time to gather stones together; A time to embrace, and a time to refrain from embracing;
6एक समय हुन्छ कुनै चीज खोज्ने र एक समय हुन्छ हराओस् भन्ने एकसमय हुन्छ कतै फालि दिने एक समय हुन्छ र खोज्ने एक समय हुन्छ।
6A time to seek, and a time to lose; A time to keep, and a time to cast away;
7त्यहाँ लुगा च्यात्ने एउटा समय छ र लुगा सिलाउने एउटा समय। त्यहाँ एउटा चुपचाप रहने समय छ बोल्ने एउटा समय छ।
7A time to rend, and a time to sew; A time to keep silence, and a time to speak;
8एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।
8A time to love, and a time to hate; A time of war, and a time of peace.
9के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ?
9What profit hath he that worketh from that wherein he laboureth?
10मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ।
10I have seen the travail that God hath given to the sons of men to toil in.
11परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।
11He hath made everything beautiful in its time; also he hath set the world in their heart, so that man findeth not out from the beginning to the end the work that God doeth.
12मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।
12I know that there is nothing good for them but to rejoice and to do well in their life;
13परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।
13yea also that every man should eat and drink, and enjoy good in all his labour, it is the gift of God.
14म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।
14I know that whatever God doeth, it shall be for ever; there is nothing to be added to it, nor anything to be taken from it; and God doeth [it], that [men] should fear before him.
15जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।
15That which is was long ago, and that which is to be hath already been; and God bringeth back again that which is past.
16यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।
16And moreover I saw under the sun, that in the place of judgment, wickedness was there; and in the place of righteousness, wickedness was there.
17यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।
17I said in my heart, God will judge the righteous and the wicked; for there is a time there for every purpose and for every work.
18मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, ‘परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।”
18I said in my heart, It is thus with the children of men, that God may prove them, and that they should see that they themselves are but beasts.
19के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किन? किन कि हर कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्।
19For what befalleth the children of men befalleth beasts; even one thing befalleth them: as the one dieth, so dieth the other, and they have all one breath; and man hath no pre-eminence above the beast: for all is vanity.
20मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।
20All go unto one place: all are of the dust, and all return to dust.
21कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?
21Who knoweth the spirit of the children of men? Doth it go upwards? and the spirit of the beasts, doth it go downwards to the earth?
22यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्तैन।
22And I have seen that there is nothing better than that man should rejoice in his own works; for that is his portion; for who shall bring him to see what shall be after him?