Nepali

Darby's Translation

Exodus

22

1“यदि कसैले एउटा गोरू अथवा भेडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेडाको बदलामा पाँचवटा भेडाहरू तिर्नु पर्छ।
1If a man steal an ox, or a sheep, and kill it, or sell it, he shall restore five oxen for the ox, and four sheep for the sheep.
2यदि चोरलाई राती चोरी गर्दा भेटाएर कसैले मारिदियो भने त्यसको मृत्युमा कोही जिम्मावारी हुदैन।
2If the thief be encountered breaking in, and be smitten so that he die, there shall be no blood-guiltiness for him.
3तर घटना दिउँसो घटे त्यो मार्ने मानिसलाई हत्याराको दोष लाग्नेछ। यदि तिरो तिर्ने उसमा क्षमता छैन भने त्यो चोर दण्ड तिर्नको निम्ति कमारा जस्तै बेचिनु पर्छ।
3If the sun be risen on him, there shall be blood-guiltiness for him; he should have made full restitution: if he had nothing, he would have been sold for his theft.
4तर यदि जुन पशु उसले बेच्छ अझै जिउँदै छ भने उसले तिमीलाई चोरिएको प्रत्येक पशुको सट्टामा दुइ दुइवटा पशुहरू दिनुपर्छ। त्यसमा केही फरक पर्दैन। त्यो पशु गोरू, गधा अथवा भेडा जुन सुकै होस्।
4If the stolen thing be actually found alive in his hand, whether it be ox, or ass, or sheep, he shall restore double.
5“यदि एक जना मानिस उसका पशुहरूलाई छिमेकीको जमीन अथवा दाख बारीमा चर्न दिए त्यस पशुको मालिकले हर्जना स्वरूप आफ्नो खेतको सबभन्दा राम्रो फसल अथवा दाखरस दिनुपर्छ
5If a man shall cause a field or vineyard to be eaten, and put in his cattle, and pasture in another man's field, of the best of his own field, and of the best of his own vineyard shall he make [it] good.
6एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।
6-- If fire break out, and seize the thorns, and the stacks of corn, or the standing corn, or the field be consumed, he that kindled the fire shall fully make it good.
7“कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ।
7-- If a man deliver unto his neighbour money or stuff to keep, and it be stolen out of the man's house; if the thief be found, let him restore double;
8तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।
8if the thief be not found, the master of the house shall be brought before the judges, [to see] if he has not put his hand unto his neighbour's goods.
9“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्त्तासम्मुख जानु पर्छ अनि न्यायकर्त्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्त्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।
9As to all manner of fraud, -- as to ox, as to ass, as to sheep, as to clothing, as to everything lost, of which [a man] saith, It is this -- the cause of both parties shall come before the judges: he whom the judges shall condemn shall restore double to his neighbour.
10“कुनै एकजना मानिसले आफ्नो गधा, गोरू, भेडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ?
10If a man deliver unto his neighbour an ass, or an ox, or a sheep, or any cattle, to keep, and it die, or be hurt, or driven away, and no man see [it],
11त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।
11an oath of Jehovah shall be between them both, that he hath not put his hand unto his neighbour's goods; and the owner of it shall accept it, and he shall not make [it] good.
12तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ।
12But if it have been stolen from him, he shall make [it] good unto its owner.
13यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।
13If it have been torn in pieces, let him bring it [as] witness: he shall not make good what was torn.
14“एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्न पर्छ।
14-- And if a man borrow anything of his neighbour, and it be hurt, or die, its owner not being with it, he shall fully make it good;
15तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।
15if the owner thereof be with it, he shall not make [it] good; if it be a hired [thing], it came for its hire.
16“यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।
16And if a man seduce a virgin that is not betrothed, and lie with her, he shall certainly endow her, to be his wife.
17यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।
17If her father utterly refuse to give her unto him, he shall weigh money according to the dowry of virgins.
18“तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।
18-- Thou shalt not suffer a witch to live.
19“यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मार्नु पर्छ।
19-- Every one that lieth with a beast shall certainly be put to death.
20“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।
20-- He that sacrificeth to [any] god, save to Jehovah only, shall be devoted to destruction.
21“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
21Thou shalt neither vex a stranger, nor oppress him; for ye have been strangers in the land of Egypt.
22“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।
22Ye shall not afflict any widow or fatherless child.
23यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।
23If thou afflict him in any way, if he cry at all unto me, I will certainly hear his cry;
24अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।
24and my anger shall burn, and I will slay you with the sword; and your wives shall be widows, and your children fatherless.
25“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।
25-- If thou lend money to my people, the poor with thee, thou shalt not be to him as a usurer: ye shall charge him no interest.
26कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ
26-- If thou at all take thy neighbour's garment in pledge, thou shalt return it to him before the sun goes down;
27किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्नु सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।
27for that is his only covering, his garment for his skin: on what shall he lie down? And it shall come to pass, when he crieth unto me, that I will hear; for I am gracious.
28“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।
28Thou shalt not revile the judges, nor curse a prince amongst thy people.
29“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु। “तिमीहरूका जेठा छोरा मलाई चढाऊ।
29-- Thou shalt not delay the fulness of thy [threshing-floor] and the outflow of thy [winepress]. The firstborn of thy sons shalt thou give unto me.
30तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बसून, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।
30Likewise shalt thou do with thy calf, with thy sheep: seven days shall it be with its dam; on the eighth day thou shalt give it me.
31“तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।
31-- And ye shall be holy men unto me; and ye shall not eat flesh torn in the field: ye shall cast it to the dog.