1पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।
1And of the blue and purple and scarlet they made garments of service, for service in the sanctuary, and made the holy garments for Aaron; as Jehovah had commanded Moses.
2तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए।
2And he made the ephod of gold, blue, and purple, and scarlet, and twined byssus.
3तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे।
3And they beat the gold into thin plates, and cut it [into] wires, to work it artistically into the blue, and into the purple, and into the scarlet, and into the byssus.
4तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए।
4They made shoulder-pieces for it, joining it: at its two ends was it joined together.
5एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।
5And the girdle of his ephod, which was on it, was of the same, according to its work, of gold, blue, and purple, and scarlet, and twined byssus; as Jehovah had commanded Moses.
6ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे।
6And they wrought the onyx stones mounted in enclosures of gold, engraved with the engravings of a seal, according to the names of the sons of Israel.
7तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।
7And he put them on the shoulder-pieces of the ephod, [as] stones of memorial for the children of Israel; as Jehovah had commanded Moses.
8तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो।
8And he made the breastplate of artistic work, like the work of the ephod, of gold, blue, and purple, and scarlet, and twined byssus.
9न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौढाको थियो।
9It was square; double did they make the breastplate, a span the length thereof, and a span the breadth thereof, doubled.
10त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।
10And they set in it four rows of stones: [one] row, a sardoin, a topaz, and an emerald -- the first row;
11दोस्रो लहरमा नीर लाल हीरा थियो।
11and the second row, a carbuncle, a sapphire, and a diamond;
12तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र र्मतिस थियो।
12and the third row, an opal, an agate, and an amethyst;
13अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।
13and the fourth row, a chrysolite, an onyx, and a jasper; mounted in enclosures of gold in their settings.
14न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो।
14And the stones were according to the names of the children of Israel, twelve, according to their names, engraved as a seal, every one according to his name, for the twelve tribes.
15न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए।
15And they made on the breastplate chains of laced work of wreathen work, of pure gold.
16तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए।
16And they made two settings of gold, and two gold rings, and put the two rings on the two ends of the breastplate.
17तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले।
17And they put the two wreathen [cords] of gold in the two rings on the ends of the breastplate;
18तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे।
18and the two ends of the two wreathen [cords] they fastened to the two settings, and put them on the shoulder-pieces of the ephod, on the front thereof.
19तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो।
19And they made two rings of gold, and put [them] on the two ends of the breastplate, on the border thereof, which faceth the ephod inwards.
20तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो।
20And they made two rings of gold, and put them upon the two shoulder-pieces of the ephod underneath, to the front thereof, just by the coupling thereof, above the girdle of the ephod.
21त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसंग बाँधन् सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।
21And they bound the breastplate with its rings to the rings of the ephod with lace of blue, that it might be above the girdle of the ephod, and that the breastplate might not be loosed from the ephod; as Jehovah had commanded Moses.
22त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए।
22And he made the cloak of the ephod of woven work, all of blue;
23लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।
23and the opening of the cloak in its middle, as the opening of a coat of mail; a binding was round about the opening, that it should not rend.
24तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए।
24And they made on the skirts of the cloak pomegranates of blue and purple and scarlet, twined.
25फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरोमा दारिमहरूको बीचमा झुण्डाइदिए।
25And they made bells of pure gold, and put the bells between the pomegranates, in the skirts of the cloak, round about, between the pomegranates:
26परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दे पोशाकको फेरोमा वरिपरि झुण्डाइदिए।
26a bell and a pomegranate, a bell and a pomegranate, in the skirts of the cloak round about, for service; as Jehovah had commanded Moses.
27निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए।
27And they made the vests of byssus of woven work, for Aaron, and for his sons;
28ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए।
28and the turban of byssus; and the ornamental caps, of byssus; and the linen trousers, of twined byssus;
29जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।
29and the girdle, of twined byssus, and blue, and purple, and scarlet, of embroidery; as Jehovah had commanded Moses.
30तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे ‘परमप्रभुको निम्ति पवित्र’।
30And they made the thin plate, the holy diadem, of pure gold, and wrote on it with the writing of the engravings of a seal, Holiness to Jehovah!
31तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।
31And they fastened to it a lace of blue, to fasten [it] on the turban above; as Jehovah had commanded Moses.
32परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेट हुने पाल निर्माण समाप्त गरे।
32And all the labour of the tabernacle of the tent of meeting was ended; and the children of Israel had done [it] according to all that Jehovah had commanded Moses -- so had they done [it].
33तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेडाको छालाले बनाएको छत देखाए।
33And they brought the tabernacle to Moses -- the tent, and all its utensils, its clasps, its boards, its bars, and its pillars, and its bases;
34तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।
34and the covering of rams' skins dyed red, and the covering of badgers' skins, and the veil of separation;
35तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए।
35the ark of the testimony, and its staves, and the mercy-seat;
36तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा बर्तनहरू र विशेष रोटी पनि देखाए।
36the table, all its utensils, and the shewbread;
37तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए।
37the pure candlestick, its lamps, the lamps set in order, and all its utensils, and the oil for the light;
38तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए।
38and the golden altar, and the anointing oil, and the incense of fragrant drugs; and the curtain for the entrance of the tent;
39तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।
39the copper altar, and the copper grating that was for it, its staves and all its utensils; the laver and its stand;
40तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।
40the hangings of the court, its pillars, and its bases; and the curtain for the gate of the court, its cords, and its pegs; and all the vessel's of service of the tabernacle, for the tent of meeting;
41त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।
41the garments of service, for service in the sanctuary; the holy garments for Aaron the priest, and his sons' garments, to serve as priests.
42इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे।
42According to all that Jehovah had commanded Moses, so had the children of Israel done all the labour.
43जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।
43And Moses saw all the work, and behold, they had done it as Jehovah had commanded -- so had they done [it]; and Moses blessed them.