1तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट भएनन्?”
1And Moses answered and said, But behold, they will not believe me, nor hearken unto my voice; for they will say, Jehovah has not appeared to thee.
2तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”
2And Jehovah said to him, What is that in thy hand? And he said, A staff.
3तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए।
3And he said, Cast it on the ground. And he cast it on the ground, and it became a serpent; and Moses fled from before it.
4तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो।
4And Jehovah said to Moses, Stretch out thy hand and take it by the tail -- and he stretched out his hand and caught it, and it became a staff in his hand --
5तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”
5that they may believe that Jehovah, the God of their fathers, the God of Abraham, the God of Isaac, and the God of Jacob, hath appeared unto thee.
6त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै दाग भएको पाए।
6And Jehovah said moreover to him, Put now thy hand into thy bosom. And he put his hand into his bosom, and took it out, and behold, his hand was leprous, as snow.
7तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।”यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलैको जस्तो राम्रो भयो।
7And he said, Put thy hand into thy bosom again. And he put his hand into his bosom again, and took it out of his bosom, and behold, it was turned again as his flesh.
8तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंडने लहुरो उपयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।
8And it shall come to pass, if they will not believe thee, neither hearken to the voice of the first sign, that they will believe the voice of the other sign.
9यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खंन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”
9And it shall come to pass, if they will not believe also those two signs, neither hearken unto thy voice, that thou shalt take of the water of the river, and pour [it] on the dry [land]; and the water that thou takest out of the river shall become blood upon the dry [land].
10तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”
10And Moses said to Jehovah, Ah Lord! I am not eloquent, neither heretofore nor since thou hast spoken to thy servant, for I am slow of speech and of a slow tongue.
11त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।
11And Jehovah said to him, Who gave man a mouth? or who maketh dumb, or deaf, or seeing, or blind? [have] not I, Jehovah?
12यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछ। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”
12And now go, and I will be with thy mouth, and will teach thee what thou shalt say.
13तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”
13And he said, Ah Lord! send, I pray thee, by the hand [of him whom] thou wilt send.
14तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्।
14Then the anger of Jehovah was kindled against Moses, and he said, Is not Aaron the Levite thy brother? I know that he can speak well. And also behold, he goeth out to meet thee; and when he seeth thee he will be glad in his heart.
15ऊ तिमीसंग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।
15And thou shalt speak unto him, and put the words in his mouth; and I will be with thy mouth, and with his mouth, and will teach you what ye shall do.
16तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसंग बोल्ने छन्। तिमी महान राजा जस्तै झैं हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्।
16And he shall speak for thee unto the people; and it shall come to pass that he shall be to thee for a mouth, and thou shalt be to him for God.
17यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसंगै छु।”
17And thou shalt take this staff in thy hand, with which thou shalt do the signs.
18तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”
18And Moses went and returned to Jethro his father-in-law, and said to him, Let me go, I pray thee, and return to my brethren who are in Egypt, that I may see whether they are yet alive. And Jethro said to Moses, Go in peace.
19जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”
19And Jehovah said to Moses in Midian, Go, return to Egypt; for all the men are dead who sought thy life.
20यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।
20And Moses took his wife and his sons, and set them riding upon an ass, and he returned to the land of Egypt. And Moses took the staff of God in his hand.
21मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।
21And Jehovah said to Moses, When thou goest to return to Egypt, see that thou do all the wonders before Pharaoh that I have put in thy hand. And I will harden his heart, that he shall not let the people go.
22तब तिमीले फिरऊनलाई भन्नुपर्छ।
22And thou shalt say to Pharaoh, Thus saith Jehovah: Israel is my son, my firstborn.
23परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘
23And I say to thee, Let my son go, that he may serve me. And if thou refuse to let him go, behold, I will kill thy son, thy firstborn.
24मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो।
24And it came to pass on the way, in the inn, that Jehovah came upon him, and sought to slay him.
25तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।”
25Then Zipporah took a stone and cut off the foreskin of her son, and cast it at his feet, and said, A bloody husband indeed art thou to me!
26सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।
26And he let him go. Then she said, A bloody husband -- because of the circumcision.
27परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरूभूमिमा जाऊ अनि मोशालाई भेट।”यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।
27And Jehovah said to Aaron, Go into the wilderness to meet Moses. And he went, and met him on the mountain of God, and kissed him.
28मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।
28And Moses told Aaron all the words of Jehovah who had sent him, and all the signs that he had commanded him.
29यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे।
29And Moses and Aaron went and gathered all the elders of the children of Israel;
30त्यसपछि हारूनले मानिसहरूसंग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे।
30and Aaron spoke all the words that Jehovah had spoken to Moses, and did the signs before the eyes of the people.
31मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।
31And the people believed. And when they heard that Jehovah had visited the children of Israel, and that he had seen their affliction, then they bowed their heads and worshipped.