1तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
1And Jehovah said to Moses, Now shalt thou see what I will do to Pharaoh; for by a strong hand shall he let them go, and by a strong hand shall he drive them out of his land.
2तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ,
2And God spoke to Moses, and said to him, I am Jehovah.
3अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।
3And I appeared unto Abraham, unto Isaac, and unto Jacob, as the Almighty ùGod; but by my name Jehovah I was not made known to them.
4मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।
4And I established also my covenant with them, to give them the land of Canaan, the land of their pilgrimage, in which they were sojourners.
5इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।
5And I have heard also the groaning of the children of Israel, whom the Egyptians have forced to serve, and I have remembered my covenant.
6यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।
6Therefore say unto the children of Israel, I am Jehovah, and I will bring you out from under the burdens of the Egyptians, and I will deliver you from their service, and I will redeem you with a stretched-out arm, and with great judgments.
7तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।
7And I will take you to me for a people, and will be your God; and ye shall know that I, Jehovah your God, am he who bringeth you out from under the burdens of the Egyptians.
8मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।”‘
8And I will bring you into the land concerning which I swore to give it unto Abraham, unto Isaac, and unto Jacob; and I will give it you for a possession: I am Jehovah.
9यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
9And Moses spoke thus to the children of Israel; but they did not listen to Moses from anguish of spirit, and from hard service.
10तब परमप्रभुले मोशालाई भन्नुभयो,
10And Jehovah spoke to Moses, saying,
11“जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”
11Go in, speak unto Pharaoh king of Egypt, that he let the children of Israel go out of his land.
12तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
12And Moses spoke before Jehovah, saying, Lo, the children of Israel do not hearken to me: how then should Pharaoh hearken to me, to me of uncircumcised lips?
13परमप्रभुले मोशा र हारूनसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।
13And Jehovah spoke to Moses and to Aaron, and gave them a commandment to the children of Israel, and to Pharaoh king of Egypt, to bring the children of Israel out of the land of Egypt.
14इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।
14These are the heads of their fathers' houses: the sons of Reuben, the firstborn of Israel: Enoch and Phallu, Hezron and Carmi: these are the families of Reuben.
15शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।
15-- And the sons of Simeon: Jemuel, and Jamin, and Ohad, and Jachin, and Zohar, and Saul the son of a Canaanitish woman: these are the families of Simeon.
16लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
16And these are the names of the sons of Levi, according to their generations: Gershon, and Kohath, and Merari. And the years of the life of Levi were a hundred and thirty-seven years.
17गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
17The sons of Gershon: Libni and Shimei, according to their families.
18कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
18And the sons of Kohath: Amram, and Jizhar, and Hebron, and Uzziel. And the years of the life of Kohath were a hundred and thirty-three years.
19महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।
19And the sons of Merari: Mahli and Mushi: these are the families of Levi according to their generations.
20अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।
20And Amram took Jochebed his aunt as wife; and she bore him Aaron and Moses. And the years of the life of Amram were a hundred and thirty-seven years.
21यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
21And the sons of Jizhar: Korah, and Nepheg, and Zicri.
22मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।
22And the sons of Uzziel: Mishael, and Elzaphan, and Sithri.
23हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।
23And Aaron took Elisheba, daughter of Amminadab, sister of Nahshon, as wife; and she bore him Nadab and Abihu, Eleazar and Ithamar.
24कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।
24And the sons of Korah: Assir, and Elkanah, and Abiasaph: these are the families of the Korahites.
25हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
25And Eleazar Aaron's son took [one] of the daughters of Putiel as wife; and she bore him Phinehas: these are the heads of the fathers of the Levites according to their families.
26हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”
26This is that Aaron and Moses, to whom Jehovah said, Bring out the children of Israel from the land of Egypt according to their hosts.
27हारून र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोडन फिरऊनलाई भने।
27These are they who spoke to Pharaoh king of Egypt, to bring out the children of Israel from Egypt: this is that Moses and Aaron.
28मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र
28And it came to pass on the day when Jehovah spoke to Moses in the land of Egypt,
29उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”
29that Jehovah spoke to Moses, saying, I am Jehovah: speak thou unto Pharaoh king of Egypt all that I say unto thee.
30तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”
30And Moses said before Jehovah, Behold, I am of uncircumcised lips, and how will Pharaoh hearken unto me?