Nepali

Darby's Translation

Ezekiel

11

1तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
1And the Spirit lifted me up, and brought me unto the east gate of Jehovah's house, which looketh eastward; and behold, at the door of the gate were five and twenty men; and I saw in the midst of them Jaazaniah the son of Azzur, and Pelatiah the son of Benaiah, princes of the people.
2त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्।
2And he said unto me, Son of man, these are the men that devise iniquity, and give wicked counsel in this city:
3तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’
3who say, It is not the time to build houses: this is the cauldron, and we are the flesh.
4तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”
4Therefore prophesy against them, prophesy, son of man.
5तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।
5And the Spirit of Jehovah fell on me, and said unto me, Speak, Thus saith Jehovah: Thus have ye said, O house of Israel; and the things that come into your mind, I know them.
6तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ।
6Ye have multiplied your slain in this city, and ye have filled the streets thereof with the slain.
7अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।
7Therefore thus saith the Lord Jehovah: Your slain whom ye have laid in the midst of it, they are the flesh, and it is the cauldron; but you will I bring forth out of the midst of it.
8तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।”‘ परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।
8Ye have feared the sword, and I will bring a sword upon you, saith the Lord Jehovah.
9परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु!
9And I will bring you out of the midst of it, and give you into the hands of strangers, and will execute judgments among you.
10तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ।
10Ye shall fall by the sword; I will judge you in the borders of Israel; and ye shall know that I [am] Jehovah.
11हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु!
11This shall not be your cauldron, neither shall ye be the flesh in the midst of it: I will judge you in the borders of Israel;
12त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”
12and ye shall know that I [am] Jehovah, in whose statutes ye have not walked, neither have done mine ordinances, but have done after the ordinances of the nations that are round about you.
13मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
13And it came to pass, when I prophesied, that Pelatiah the son of Benaiah died. And I fell down on my face, and cried with a loud voice, and said, Ah, Lord Jehovah! wilt thou make a full end of the remnant of Israel?
14तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो,
14And the word of Jehovah came unto me, saying,
15“मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।”‘
15Son of man, [it is] thy brethren, thy brethren, the men of thy kindred, and all the house of Israel, the whole of it, unto whom the inhabitants of Jerusalem say, Get you far from Jehovah: unto us is this land given for a possession.
16“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।
16Therefore say, Thus saith the Lord Jehovah: Although I have removed them far off among the nations, and although I have scattered them among the countries, yet will I be to them as a little sanctuary in the countries whither they are come.
17यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।
17Therefore say, Thus saith the Lord Jehovah: I will even gather you from the peoples, and assemble you out of the countries where ye are scattered, and I will give you the land of Israel.
18अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्।
18And they shall come thither, and they shall take away from thence all its detestable things and all its abominations.
19म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।
19And I will give them one heart, and I will put a new spirit within you; and I will take away the stony heart out of their flesh, and will give them a heart of flesh;
20तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘
20that they may walk in my statutes, and keep mine ordinances, and do them; and they shall be my people, and I will be their God.
21त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
21But as for them whose heart walketh well-pleased with their detestable things and their abominations, I will recompense their way upon their heads, saith the Lord Jehovah.
22तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
22And the cherubim lifted up their wings, and the wheels were beside them; and the glory of the God of Israel was over them above.
23परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो।
23And the glory of Jehovah went up from the midst of the city, and stood upon the mountain which is on the east side of the city.
24तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें।
24And the Spirit lifted me up, and brought me in the vision by the Spirit of God into Chaldea, to them of the captivity; and the vision that I had seen went up from me.
25त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।
25And I spoke unto them of the captivity all the things that Jehovah had shewn me.