1परमप्रभुको वचन मकहाँ आयो,
1And the word of Jehovah came unto me, saying,
2“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ; आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।
2What mean ye, ye who use this proverb of the land of Israel, saying, [The] fathers eat sour grapes, and the children's teeth are set on edge?
3तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँचो सम्झँदैनन्!
3[As] I live, saith the Lord Jehovah, ye shall not have any more to use this proverb in Israel.
4म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!
4Behold, all the souls are mine; as the soul of the father, so also the soul of the son is mine: the soul that sinneth, it shall die.
5“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ।
5And if a man be righteous, and do judgment and justice:
6त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन।
6-- he hath not eaten upon the mountains, nor lifted up his eyes to the idols of the house of Israel, neither hath defiled his neighbour's wife, nor come near to a woman in her separation,
7असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ।
7and hath not oppressed any; he hath restored to the debtor his pledge, hath not exercised robbery, hath given his bread to the hungry, and covered the naked with a garment;
8यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। उ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्।
8he hath not given forth upon usury, nor taken increase; he hath withdrawn his hand from unrighteousness, hath executed true judgment between man and man,
9उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ।
9hath walked in my statutes, and kept mine ordinances, to deal faithfully: he is righteous, he shall certainly live, saith the Lord Jehovah.
10“तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ।
10And if he have begotten a son that is violent, a shedder of blood, and that doeth only one of any of these [things],
11छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ।
11and that doeth not any of those [duties], but also hath eaten upon the mountains, and defiled his neighbour's wife,
12उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।
12hath oppressed the poor and needy, exercised robbery, hath not restored the pledge, and hath lifted up his eyes to the idols, committed abomination,
13कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।
13given forth upon usury, and taken increase; shall he then live? He shall not live: he hath done all these abominations; he shall certainly die; his blood shall be upon him.
14“सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ।
14But lo, if he have begotten a son that seeth all his father's sins which he hath done, and considereth, and doeth not such like:
15त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्।
15-- he hath not eaten upon the mountains, nor lifted up his eyes to the idols of the house of Israel; he hath not defiled his neighbour's wife,
16त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ।
16and hath not oppressed any, nor withholden the pledge, neither hath exercised robbery; he hath given his bread to the hungry, and covered the naked with a garment;
17उसले गरीबलाई सहायता गर्छा यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोराले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ।
17he hath withdrawn his hand from the poor, hath not received usury nor increase, hath executed my judgments, [and] walked in my statutes: he shall not die for the iniquity of his father, he shall certainly live.
18उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।
18As for his father, because he practised oppression, exercised robbery upon his brother, and did what was not good among his people, behold, he shall die in his iniquity.
19“तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ।
19And ye say, Why doth not the son bear the iniquity of the father? But the son hath done judgment and justice, hath kept all my statutes, and hath done them; he shall certainly live.
20जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।
20The soul that sinneth, it shall die. The son shall not bear the iniquity of the father, neither shall the father bear the iniquity of the son; the righteousness of the righteous shall be upon him, and the wickedness of the wicked shall be upon him.
21“यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ।
21And the wicked, if he turn from all his sins which he hath committed, and keep all my statutes, and do judgment and justice, he shall certainly live, he shall not die.
22परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”
22None of his transgressions which he hath committed shall be remembered against him; in his righteousness which he hath done shall he live.
23परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।
23Have I any pleasure at all in the death of the wicked? saith the Lord Jehovah; is it not in his turning from his way, that he may live?
24“यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोडन सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”
24And when the righteous turneth from his righteousness and practiseth what is wrong, [and] doeth according to all the abominations that the wicked doeth, shall he live? None of his righteous acts which he hath done shall be remembered: in his unfaithfulness which he hath wrought, and in his sin which he hath sinned, in them shall he die.
25परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्।
25And ye say, The way of the Lord is not equal. Hear then, house of Israel. Is not my way equal? are not your ways unequal?
26यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ।
26When the righteous turneth away from his righteousness, and practiseth what is wrong, and dieth for it; in his wrong that he hath done shall he die.
27यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ!
27And when the wicked turneth from his wickedness which he hath committed, and doeth judgment and justice, he shall keep his soul alive.
28त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”
28Because he considereth, and turneth from all his transgressions which he hath committed, he shall certainly live, he shall not die.
29इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।” परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्।
29But the house of Israel say, The way of the Lord is not equal. O house of Israel, are not my ways equal? Is it not your ways that are unequal?
30किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?
30Therefore I will judge you, house of Israel, every one according to his ways, saith the Lord Jehovah. Return ye, and turn from all your transgressions; so iniquity shall not be your snare.
31म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।
31Cast away from you all your transgressions wherewith ye have transgressed, and make you a new heart and a new spirit: why then will ye die, house of Israel?
32[This verse may not be a part of this translation]
32For I have no pleasure in the death of him that dieth, saith the Lord Jehovah; therefore turn ye and live.