1परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1And the word of Jehovah came unto me, saying:
2“हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुखको गीत गाऊ।
2And thou, son of man, take up a lamentation for Tyre,
3टायरको विषयमा यसो भन “‘टायर, तिमी समुद्रको द्वार हौं। तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ, समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।’ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ। तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।
3and say unto Tyre: O thou that art situate at the entries of the sea, and traffickest with the peoples in many isles, thus saith the Lord Jehovah: Thou, Tyre, hast said, I am perfect in beauty.
4भूमध्य सागर तिम्रो शहरको चारैतिर सीमाना बनाउँछ! तिम्रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए। तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ।
4Thy borders are in the heart of the seas, thy builders have perfected thy beauty.
5तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति सेनीर पर्वतबाट सनौवर वृक्षको उपयोग गरे। तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति लबानोनबाट देवदार बनको प्रयोग गरे।
5They made all thy double boards of cypress-trees of Senir; they took cedars from Lebanon to make masts for thee.
6तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको बज्राँठका तक्ताहरूबाट बनाए। तिम्रो जहाजका कोठाहरू बनाउन तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे। तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।
6Of the oaks of Bashan did they make thine oars; they made thy benches of ivory, inlaid in box-wood, out of the isles of Chittim.
7तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।
7Byssus with broidered work from Egypt was thy sail, to serve thee for a banner; blue and purple from the isles of Elishah was thine awning.
8सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए। बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो।
8The inhabitants of Zidon and Arvad were thy rowers; thy wise men, O Tyre, who were in thee, were thy pilots.
9गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’
9The elders of Gebal and the wise men thereof were in thee repairing thy leaks; all the ships of the sea with their mariners were in thee, to barter with thee.
10“फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए।
10Persia and Lud and Phut were in thine army, thy men of war: they hanged shield and helmet in thee; they gave splendour to thee.
11अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।
11The children of Arvad with thine army were upon thy walls round about, and the Gammadim were on thy towers: they hanged their shields upon thy walls round about; they made thy beauty perfect.
12“तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो।
12Tarshish dealt with thee by reason of the abundance of all substance; with silver, iron, tin, and lead, they furnished thy markets.
13याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे।
13Javan, Tubal, and Meshech, they were thy traffickers: they bartered with thee the persons of men, and vessels of bronze.
14तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे।
14They of the house of Togarmah furnished thy markets with horses, and horsemen, and mules.
15रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।
15The children of Dedan were thy traffickers; many isles were the mart of thy hand: they rendered in payment horns of ivory, and ebony.
16एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।
16Syria dealt with thee for the multitude of thy handiworks: they traded in thy markets with carbuncles, purple, and broidered work, and fine linen, and corals, and rubies.
17“यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए।
17Judah and the land of Israel were thy traffickers: they bartered with thee wheat of Minnith, and sweet cakes, and honey, and oil, and balm.
18दमीश्क एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो।
18Damascus dealt with thee because of the multitude of thy handiworks, by reason of the abundance of all substance, with wine of Helbon, and white wool.
19जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो।
19Vedan and Javan of Uzal traded in thy markets: wrought iron, cassia, and calamus were in thy traffic.
20ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।
20Dedan was thy trafficker in precious riding-cloths.
21केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए।
21Arabia and all the princes of Kedar were the merchants of thy hand: in lambs, and rams, and goats, in these did they trade with thee.
22शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।
22The merchants of Sheba and Raamah were thy traffickers: they furnished thy markets with all the choice spices, and with all precious stones and gold.
23हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।
23Haran, and Canneh, and Eden, the merchants of Sheba, Asshur, and Chilmad traded with thee:
24तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ।
24these traded with thee in sumptuous clothes, in wrappings of blue and broidered work, and in chests full of variegated stuffs, bound with cords and made of cedar-wood, amongst thy merchandise.
25तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो। “टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ, तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।
25The ships of Tarshish were thy caravans for thy traffic; and thou wast replenished, and highly honoured, in the heart of the seas.
26तिम्रो नाविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो, तर शक्तिशाली पूर्वी बतासले तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।
26Thy rowers have brought thee into great waters; the east wind hath broken thee in the heart of the seas.
27अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ। तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू, अनि तिम्रो नाविकहरू, तिम्रो मानिस जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन् तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्। यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ!
27Thy substance, and thy markets, thy merchandise, thy mariners, and thy pilots, they that repair thy leaks, and they that barter with thee, and all thy men of war that are in thee, along with all thine assemblage which is in the midst of thee, shall fall into the heart of the seas in the day of thy fall.
28तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!
28The open places shall shake at the sound of the cry of thy pilots.
29जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन् अनि समुद्रको किनारमा उभिनेछन।
29And all that handle the oar, the mariners, all the pilots of the sea, shall come down from their ships; they shall stand upon the land,
30ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।
30and shall cause their voice to be heard over thee, and shall cry bitterly; and they shall cast up dust upon their heads; they shall wallow themselves in ashes.
31उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछन्, चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।
31And they shall make themselves utterly bald for thee, and gird themselves with sackcloth; and they shall weep for thee in bitterness of soul with bitter mourning.
32तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन ‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।
32And in their wailing they shall take up a lamentation for thee, and lament over thee, [saying,] Who is like Tyre, like her that is destroyed in the midst of the sea?
33तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!
33When thy wares went forth over the seas, thou filledst many peoples; thou didst enrich the kings of the earth with the abundance of thy substance and of thy merchandise.
34तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयो। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
34In the time [when] thou art broken by the seas, in the depths of the waters, thy merchandise and all thine assemblage in the midst of thee have fallen.
35समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।
35All the inhabitants of the isles are amazed at thee, and their kings are horribly afraid, [their] countenance is troubled.
36अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्। घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्, किनकि तिम्रो अन्त्य आएकोछ। तिमी भविष्यमा रहनेछैनौं।”‘
36The merchants among the peoples hiss at thee; thou art become a terror, and thou shalt never be any more.