1परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1And the word of Jehovah came unto me, saying,
2“हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ?
2Son of man, prophesy against the shepherds of Israel, prophesy; and say unto them, unto the shepherds, Thus saith the Lord Jehovah: Woe to the shepherds of Israel that feed themselves! Should not the shepherds feed the flock?
3तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा मार्छौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ।
3Ye eat the fat, and ye clothe you with the wool; ye kill them that are fattened: [but] ye feed not the flock.
4तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।
4The weak have ye not strengthened, nor have ye healed the sick, and ye have not bound up [what was] broken, neither have ye brought again that which was driven away, neither have ye sought for that which was lost; but with harshness and with rigour have ye ruled over them.
5“‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।
5And they were scattered because there was no shepherd; and they became meat to all the beasts of the field, and were scattered.
6मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”‘
6My sheep wandered through all the mountains, and upon every high hill, and my sheep have been scattered upon all the face of the earth, and there was none that searched, or that sought for them.
7यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
7Therefore, ye shepherds, hear the word of Jehovah:
8“म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”
8[As] I live, saith the Lord Jehovah, verily because my sheep have been a prey, and my sheep have been meat to every beast of the field, because there was no shepherd, and my shepherds searched not for my flock, but the shepherds fed themselves, and fed not my flock,
9यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन!
9-- therefore, ye shepherds, hear the word of Jehovah.
10परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।”
10Thus saith the Lord Jehovah: Behold, I am against the shepherds; and I will require my sheep at their hand, and cause them to cease from feeding the flock: that the shepherds may feed themselves no more; and I will deliver my sheep from their mouth, that they may not be food for them.
11परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु।
11For thus saith the Lord Jehovah: Behold I, [even] I, will both search for my sheep, and tend them.
12यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
12As a shepherd tendeth his flock in the day that he is among his scattered sheep, so will I tend my sheep, and will deliver them out of all places whither they have been scattered in the cloudy and dark day.
13म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु।
13And I will bring them out from the peoples, and gather them from the countries, and will bring them to their own land; and I will feed them upon the mountains of Israel by the water-courses, and in all the habitable places of the country.
14म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्।
14I will feed them in a good pasture, and upon the high mountains of Israel shall their fold be: there shall they lie down in a good fold, and in a fat pasture they shall feed upon the mountains of Israel.
15हो, म आफ्नो भेडालाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।
15I will myself feed my flock, and I will cause them to lie down, saith the Lord Jehovah.
16“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
16I will seek the lost, and bring again that which was driven away, and will bind up the broken, and will strengthen that which was sick; but I will destroy the fat and the strong: I will feed them with judgment.
17परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।
17And as for you, my flock, thus saith the Lord Jehovah: Behold, I judge between sheep and sheep, between the rams and the he-goats.
18तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ?
18Is it too small a thing unto you to have eaten up the good pastures, but ye must tread down with your feet the rest of your pastures; and to have drunk of the settled waters, but ye must foul the rest with your feet?
19मेरो भेडाले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”
19And my sheep have to eat that which ye have trodden with your feet, and to drink that which ye have fouled with your feet.
20यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!
20Therefore thus saith the Lord Jehovah unto them: Behold, [it is] I, and I will judge between the fat sheep and the lean sheep.
21तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ।
21Because ye thrust with side and with shoulder, and push all the weak ones with your horns, till ye have scattered them abroad,
22यसकारण म आफ्नो भेडाहरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेडा अनि अर्को बीचमा न्याय गर्नेछु।
22-- I will save my flock, that they may no more be a prey; and I will judge between sheep and sheep.
23त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
23And I will set up one shepherd over them, and he shall feed them, even my servant David: he shall feed them, and he shall be their shepherd.
24त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
24And I Jehovah will be their God, and my servant David a prince in their midst: I Jehovah have spoken [it].
25“म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।
25And I will make with them a covenant of peace, and will cause evil beasts to cease out of the land; and they shall dwell in safety in the wilderness, and sleep in the woods.
26म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ।
26And I will make them and the places round about my hill a blessing; and I will cause the shower to come down in its season: there shall be showers of blessing.
27खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।
27And the tree of the field shall yield its fruit, and the earth shall yield its increase; and they shall be in safety in their land, and shall know that I [am] Jehovah, when I have broken the bands of their yoke and delivered them out of the hand of those that kept them in servitude.
28उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन। कसैले उनीहरूलाई आतंकित पार्ने छैन।
28And they shall no more be a prey to the nations, neither shall the beast of the earth devour them; but they shall dwell in safety, and none shall make them afraid.
29म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्।
29And I will raise up for them a plant of renown, and they shall be no more consumed with hunger in the land, neither bear the ignominy of the nations any more.
30त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमेश्वर परमप्रभु हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
30And they shall know that I Jehovah their God [am] with them, and that they, the house of Israel, are my people, saith the Lord Jehovah.
31“तिमी मेरो भेडा हौ, मेरो र्खकका भेडा, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
31And ye, my flock, the flock of my pasture, are men: I [am] your God, saith the Lord Jehovah.