1म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ उ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ।
1Now I say, As long as the heir is a child, he differs nothing from a bondman, though he be lord of all;
2किन? किनभने बालक छउञ्जेल उसले आफ्नो अभिभावक र संरक्षकको आज्ञा मान्नुपर्छ। तर बालक जब आफ्ना बाबुले तोकिदिएको उमेरमा पुग्छ, ऊ मुक्त हुन्छ।
2but he is under guardians and stewards until the period fixed by the father.
3हामीसँग पनि त्यस्तै हो। एक समयमा हामी पनि बालक-बालिका जस्तै थियौं। हामी यस संसारका व्यर्थका व्यवस्थाका कमारा थियौं।
3So we also, when we were children, were held in bondage under the principles of the world;
4तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।
4but when the fulness of the time was come, God sent forth his Son, come of woman, come under law,
5परमेश्वरले यसो गर्नुको कारण व्यवस्थाका अधीनमा बस्नेहरूलाई मुक्ति दिनु थियो। हामीलाई आफ्ना बालक बनाउने परमेश्वरको इच्छा थियो।
5that he might redeem those under law, that we might receive sonship.
6तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “बाबा, पिता।”
6But because ye are sons, God has sent out the Spirit of his Son into our hearts, crying, Abba, Father.
7यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।
7So thou art no longer bondman, but son; but if son, heir also through God.
8अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।
8But then indeed, not knowing God, ye were in bondage to those who by nature are not gods;
9अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?
9but now, knowing God, but rather being known by God, how do ye turn again to the weak and beggarly principles to which ye desire to be again anew in bondage?
10तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र र्वष मनाउँछौ।
10Ye observe days and months and times and years.
11तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती तब व्यर्थ त भएनन्?
11I am afraid of you, lest indeed I have laboured in vain as to you.
12दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ।
12Be as *I* [am], for *I* also [am] as *ye*, brethren, I beseech you: ye have not at all wronged me.
13सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सान्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।
13But ye know that in weakness of the flesh I announced the glad tidings to you at the first;
14मेरो बिसञ्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोडन मलाई वाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो।
14and my temptation, which [was] in my flesh, ye did not slight nor reject with contempt; but ye received me as an angel of God, as Christ Jesus.
15त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई संझना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ।
15What then [was] your blessedness? for I bear you witness that, if possible, plucking out your own eyes ye would have given [them] to me.
16के अहिले म तिमीहरूको शत्रू भएको छु किनकि म सत्य बोल्छु?
16So I have become your enemy in speaking the truth to you?
17ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खड हौ। तिमीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन।
17They are not rightly zealous after you, but desire to shut you out [from us], that ye may be zealous after them.
18जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सँधैं राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो संधै सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्।
18But [it is] right to be zealous at all times in what is right, and not only when I am present with you --
19मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।
19my children, of whom I again travail in birth until Christ shall have been formed in you:
20मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
20and I should wish to be present with you now, and change my voice, for I am perplexed as to you.
21तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ?
21Tell me, ye who are desirous of being under law, do ye not listen to the law?
22धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।
22For it is written that Abraham had two sons; one of the maid servant, and one of the free woman.
23अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।
23But he [that was] of the maid servant was born according to flesh, and he [that was] of the free woman through the promise.
24यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खड गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।
24Which things have an allegorical sense; for these are two covenants: one from mount Sinai, gendering to bondage, which is Hagar.
25हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।
25For Hagar is mount Sinai in Arabia, and corresponds to Jerusalem which [is] now, for she is in bondage with her children;
26तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्।
26but the Jerusalem above is free, which is our mother.
27धर्मशास्त्रमा यो लेखिएको छः “खुशी होऊ हे बाँझी नारी! जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, र्हषले कराऊ, जोडले चिच्याऊ कि प्रसव पीड तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।” यशैया 54 : 1
27For it is written, Rejoice, thou barren that bearest not; break out and cry, thou that travailest not; because the children of the desolate are more numerous than [those] of her that has a husband.
28[This verse may not be a part of this translation]
28But *ye*, brethren, after the pattern of Isaac, are children of promise.
29[This verse may not be a part of this translation]
29But as then he that was born according to flesh persecuted him [that was born] according to Spirit, so also [it is] now.
30तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”
30But what says the scripture? Cast out the maid servant and her son; for the son of the maid servant shall not inherit with the son of the free woman.
31यसैकारण मेरा दाज्यु -भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।
31So then, brethren, we are not maid servant's children, but [children] of the free woman.