Nepali

Darby's Translation

Galatians

6

1दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।
1Brethren, if even a man be taken in some fault, ye who are spiritual restore such a one in a spirit of meekness, considering thyself lest *thou* also be tempted.
2एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।
2Bear one another's burdens, and thus fulfil the law of the Christ.
3यदि कोही मान्य नहुँदा-नहूँदै पनि आफूलाई मान्य नै संझन्छ भने उसले आफैलाई धोखा दिइरहेकोछ।
3For if any man reputes himself to be something, being nothing, he deceives himself;
4कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।
4but let each prove his own work, and then he will have his boast in what belongs to himself alone, and not in what belongs to another.
5प्रत्येक आफ्नो अभिभारा आफै स्वीकार गरोस्।
5For each shall bear his own burden.
6जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।
6Let him that is taught in the word communicate to him that teaches in all good things.
7आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।
7Be not deceived: God is not mocked; for whatever a man shall sow, that also shall he reap.
8यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।
8For he that sows to his own flesh, shall reap corruption from the flesh; but he that sows to the Spirit, from the Spirit shall reap eternal life:
9[This verse may not be a part of this translation]
9but let us not lose heart in doing good; for in due time, if we do not faint, we shall reap.
10जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
10So then, as we have occasion, let us do good towards all, and specially towards those of the household of faith.
11यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।
11See how long a letter I have written to you with my own hand.
12कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।
12As many as desire to have a fair appearance in [the] flesh, these compel you to be circumcised, only that they may not be persecuted because of the cross of Christ.
13जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।
13For neither do they that are circumcised themselves keep the law; but they wish you to be circumcised, that they may boast in your flesh.
14म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।
14But far be it from me to boast save in the cross of our Lord Jesus Christ, through whom [the] world is crucified to me, and I to the world.
15खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।
15For [in Christ Jesus] neither is circumcision anything, nor uncircumcision; but new creation.
16यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।
16And as many as shall walk by this rule, peace upon them and mercy, and upon the Israel of God.
17अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।
17For the rest let no one trouble me, for *I* bear in my body the brands of the Lord Jesus.
18मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।
18The grace of our Lord Jesus Christ [be] with your spirit, brethren. Amen.