Nepali

Darby's Translation

Genesis

20

1अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।
1And Abraham departed thence towards the south country, and dwelt between Kadesh and Shur, and sojourned at Gerar.
2जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।
2And Abraham said of Sarah his wife, She is my sister. And Abimelech the king of Gerar sent and took Sarah.
3तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”
3But God came to Abimelech in a dream by night, and said to him, Behold, thou art [but] a dead man, because of the woman that thou hast taken; for she is a man's wife.
4तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ?
4But Abimelech had not come near her. And he said, Lord, wilt thou also kill a righteous nation?
5अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”
5Did he not say to me, She is my sister? and she, even she said, He is my brother. In the integrity of my heart and in the innocency of my hands have I done this.
6त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो।
6And God said to him in a dream, I also knew that thou didst this in the integrity of thy heart, and I, too, have withheld thee from sinning against me: therefore have I not suffered thee to touch her.
7यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”
7And now, restore the man's wife; for he is a prophet, and will pray for thee, that thou mayest live. And if thou do not restore [her], know that thou shalt certainly die, thou and all that is thine.
8यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए।
8And Abimelech rose early in the morning, and called all his servants, and spoke all these words in their ears; and the men were greatly afraid.
9त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो।
9And Abimelech called Abraham and said to him, What hast thou done to us? And in what have I sinned against thee, that thou hast brought on me, and on my kingdom, a great sin? Thou hast done to me deeds that ought not to be done.
10तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”
10And Abimelech said to Abraham, What hast thou seen that thou hast done this?
11तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।
11And Abraham said, Because I said, Surely the fear of God is not in this place, and they will kill me for my wife's sake.
12त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।
12But she is also truly my sister, the daughter of my father, but not the daughter of my mother; and she became my wife.
13परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।”
13And it came to pass when God caused me to wander from my father's house, that I said to her, Let this be thy kindness which thou shalt shew to me: at every place whither we shall come, say of me, He is my brother.
14तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए।
14And Abimelech took sheep and oxen, and bondmen and bondwomen, and gave [them] to Abraham, and restored him Sarah his wife.
15अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यही बस्न सक्छौ।”
15And Abimelech said, Behold, my land is before thee: dwell where it is good in thine eyes.
16सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”
16And to Sarah he said, Behold, I have given thy brother a thousand [pieces] of silver; behold, let that be to thee a covering of the eyes, in respect of all that are with thee, and with all; and she was reproved.
17त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।
17And Abraham prayed to God, and God healed Abimelech, and his wife and his handmaids, and they bore [children].
18किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।
18For Jehovah had fast closed up all the wombs of the house of Abimelech because of Sarah Abraham's wife.