1परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुकनु हुँदैन।
1Let us therefore fear, lest, a promise being left of entering into his rest, any one of you might seem to have failed [of it].
2जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।
2For indeed we have had glad tidings presented to us, even as they also; but the word of the report did not profit *them*, not being mixed with faith in those who heard.
3हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो “म रिसाएँ र प्रतिज्ञा लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।” भजनसंग्रह 65:11 परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।
3For we enter into the rest who have believed; as he said, As I have sworn in my wrath, If they shall enter into my rest; although the works had been completed from [the] foundation of [the] world.
4धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”
4For he has said somewhere of the seventh [day] thus, And God rested on the seventh day from all his works:
5उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”
5and in this again, If they shall enter into my rest.
6यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।
6Seeing therefore it remains that some enter into it, and those who first received the glad tidings did not enter in on account of not hearkening to the word,
7यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गरयौं। “यदि तिमीहरूले परमेश्वरको आवाज आज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।” भजनसंग्रह 95:7-8
7again he determines a certain day, saying, in David, 'To-day,' after so long a time; (according as it has been said before), To-day, if ye will hear his voice, harden not your hearts.
8हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुइछौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।
8For if Jesus had brought them into rest, he would not have spoken afterwards about another day.
9यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ।
9There remains then a sabbatism to the people of God.
10आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेस गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।
10For he that has entered into his rest, he also has rested from his works, as God did from his own.
11समर्थ हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।
11Let us therefore use diligence to enter into that rest, that no one may fall after the same example of not hearkening to the word.
12परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।
12For the word of God [is] living and operative, and sharper than any two-edged sword, and penetrating to [the] division of soul and spirit, both of joints and marrow, and a discerner of the thoughts and intents of [the] heart.
13संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
13And there is not a creature unapparent before him; but all things [are] naked and laid bare to his eyes, with whom we have to do.
14हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।
14Having therefore a great high priest who has passed through the heavens, Jesus the Son of God, let us hold fast the confession.
15हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।
15For we have not a high priest not able to sympathise with our infirmities, but tempted in all things in like manner, sin apart.
16येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
16Let us approach therefore with boldness to the throne of grace, that we may receive mercy, and find grace for seasonable help.