1सर्गान अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।
1In the year that Tartan came to Ashdod, when Sargon the king of Assyria sent him, (and he fought against Ashdod and took it,)
2त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
2at that time spoke Jehovah by Isaiah the son of Amoz, saying, Go and loose the sackcloth from off thy loins, and put off thy sandal from thy foot. And he did so, walking naked and barefoot.
3तब परमप्रभले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिंडे। यो मिश्र र कूशदेशको चिह्न हो।
3And Jehovah said, Like as my servant Isaiah hath walked naked and barefoot three years, a sign and a wonder concerning Egypt and concerning Ethiopia,
4अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।
4so shall the king of Assyria lead away the captives of Egypt and the exiles of Ethiopia, young and old, naked and barefoot, and with buttocks uncovered, [to] the shame of Egypt.
5मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”
5And they shall be terrified and ashamed of Ethiopia their confidence, and of Egypt their boast.
6समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौ, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”
6And the inhabitants of this coast shall say in that day, Behold, such is our confidence, whither we fled for help to be delivered from the king of Assyria; and how shall we escape?