Nepali

Darby's Translation

Isaiah

25

1हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
1Jehovah, thou art my God: I will exalt thee; I will celebrate thy name, for thou hast done wonderful things; counsels of old [which are] faithfulness [and] truth.
2तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
2For thou hast made of the city a heap, of the fortified town a ruin, the palace of strangers to be no city; it shall never be built up.
3शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
3Therefore shall the mighty people glorify thee, the city of terrible nations shall fear thee.
4परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
4For thou hast been a fortress to the poor, a fortress for the needy in his distress, a refuge from the storm, a shadow from the heat: for the blast of the terrible ones [has been] as the storm [against] a wall.
5शत्रुहरू चिच्याउँदछन अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरूभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ बाक्लो बादलहरूले ग्रीष्म ऋतुको तापईंलाई रोक्छ। त्यस्तै प्रकारले, तपाइँले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
5Thou hast subdued the tumult of strangers, as the heat in a dry place; [as] the heat, by the shadow of a cloud, [so] the song of the terrible ones is brought low.
6त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
6And in this mountain will Jehovah of hosts make unto all peoples a feast of fat things, a feast of wines on the lees, of fat things full of marrow, of wines on the lees well refined.
7तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई ‘मृत्यु’ भनिन्छ।
7And he will destroy in this mountain the face of the veil which veileth all the peoples, and the covering that is spread over all the nations.
8तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
8He will swallow up death in victory. And the Lord Jehovah will wipe away tears from off all faces; and the reproach of his people will he take away from off all the earth: for Jehovah hath spoken.
9त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
9And it shall be said in that day, Behold, this is our God; we have waited for him, and he will save us: this is Jehovah, we have waited for him; we will be glad and rejoice in his salvation.
10परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
10For in this mountain shall the hand of Jehovah rest, and Moab shall be trodden down under him, as straw is trodden down in the dunghill;
11परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ। परमप्रभुले सारा कुराहरू बटुल्नु हुन्छ जसबाट मानिसहरू गौरव अनुभव गर्छन्। तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ। अनि ती चीजहरू फालि दिनुहुनेछ।
11and he shall spread forth his hands in the midst of them, as he that swimmeth spreadeth them forth to swim; and he shall bring down their pride together with the plots of their hands.
12परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ। परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।
12And the fortress of the high defences of thy walls will he bring down, lay low, bring to the ground, into the dust.