1सामरियालाई हेर! एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्। त्यो शहर वरिपरि भञ्ज्याङ भएको पहाडमा अवस्थित छ। सामरियाका मानिसहरूले त्यो शहरलाई। फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्। तर तिनीहरू दाखरस पिएर मस्त छन्। अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।
1Woe to the crown of pride of the drunkards of Ephraim, and to the fading flower of his glorious adornment, which is on the head of the fat valley of them that are overcome with wine.
2हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ। त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ। उ तूफान जस्तो भएर यो देशभित्र आउने छ। उ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ। उसले मुकुट भूईंमा फालि दिनेछ।
2Behold, the Lord hath a mighty and strong one, as a storm of hail [and] a destroying tempest; as a storm of mighty waters overflowing, shall he cast down to the earth with might.
3एप्रैमका मातेका मानिसहरू आफ्नो “सुन्दर मुकुट” को गर्व गर्नेछन्। तर शहर कुल्चिमिल्चि पारिनेछ।
3The crown of pride of the drunkards of Ephraim shall be trodden under feet;
4त्यो शहर पहाडमा अवस्थित छ। सुन्दर घाटीहरूले यसलाई घेरेको छ। अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलिंदै गएको बोट जस्तो हो। यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ। जब एकजना मानिसले नेभार देख्छ, उसले त्यसलाई टिप्छ अनि खान्छ।
4and the fading flower of his glorious adornment which is on the head of the fat valley shall be like an early fig before the summer: as soon as he that seeth it perceiveth it, scarcely is it in his hand, he swalloweth it down.
5त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।
5In that day will Jehovah of hosts be for a crown of glory, and for a diadem of beauty, unto the remnant of his people;
6तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।
6and for a spirit of judgment to him that sitteth in judgment, and for strength to them that turn the battle to the gate.
7अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।
7But these also have erred through wine, and through strong drink are they gone astray. The priest and the prophet have erred through strong drink; they are overpowered by wine, they are gone astray through strong drink; they have erred in vision, they have stumbled [in] judgment.
8जब तिनीहरू सपना देख्छन् अगमवक्ताहरू मातेका हुन्छन्। निणर्य लिदाँ न्यायधीशहरू मातेको हुन्छन्।
8For all tables are full of filthy vomit, so that there is no [more] place.
9परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।
9Whom shall he teach knowledge? and whom shall he make to understand the report? Them that are weaned from the milk, withdrawn from the breasts?
10यसकारण परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ, “सौ लासौ सौ लासौ, काव लाकाव काव लाकाव, जेईर शाम जेईर शाम “
10For [it is] precept upon precept, precept upon precept; line upon line, line upon line; here a little, there a little. ...
11परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।
11For with stammering lips and a strange tongue will he speak to this people;
12अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, ‘‘ यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो। ‘‘ तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्।
12to whom he said, This is the rest: cause the weary to rest; and this is the refreshing. But they would not hear.
13यसर्थ परमेश्वर द्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ, आदेश यहाँ छ, आदेश त्यहाँ छ। “सौ लासौ सौ लासौ, काव लाकाव काव लाकाव, जेईर शाम जेईर शाम” तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।
13And the word of Jehovah was unto them precept upon precept, precept upon precept, line upon line, line upon line, here a little, there a little: that they might go, and fall backward, and be broken, and snared, and taken.
14तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।
14Therefore hear the word of Jehovah, ye scornful men, that rule this people which is in Jerusalem.
15तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
15For ye have said, We have made a covenant with death, and with Sheol have we made an agreement; when the overflowing scourge shall pass through, it shall not come unto us; for we have made lies our refuge, and under falsehood have we hid ourselves.
16ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
16Therefore thus saith the Lord Jehovah: Behold, I lay for foundation in Zion a stone, a tried stone, a precious corner-stone, a sure foundation: he that trusteth shall not make haste.
17“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु। “दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।
17And I will appoint judgment for a line, and righteousness for a plummet; and the hail shall sweep away the refuge of lies, and the waters shall overflow the hiding-place.
18मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन। “कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।
18And your covenant with death shall be annulled, and your agreement with Sheol shall not stand; when the overflowing scourge shall pass through, ye shall be trodden down by it.
19त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।
19As it passeth through it shall take you; for morning by morning shall it pass through, by day and by night; and it shall be terror only to understand the report.
20“त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”
20For the bed is too short to stretch oneself on, and the covering too narrow when he would wrap himself in it.
21परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्ध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।
21For Jehovah will rise up as on mount Perazim, he will be moved with anger as in the valley of Gibeon; that he may do his work, his strange work, and perform his act, his unwonted act.
22अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ। मैले सुनेका शब्दहरू बद्लिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।
22Now therefore be ye not scorners, lest your bonds be made strong; for I have heard from the Lord Jehovah of hosts a consumption, and [one] determined, upon the whole land.
23मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्।
23Give ear, and hear my voice; hearken, and hear my speech.
24के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!
24Doth the ploughman plough all day to sow? Is he [all day] opening and breaking the clods of his land?
25किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौ रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।
25Doth he not, when he hath levelled the face thereof, cast abroad dill, and scatter cummin, and set the wheat in rows, and the barley in an appointed place, and the rye in its border?
26हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।
26His God doth instruct him in [his] judgment, he doth teach him.
27के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।
27For the dill is not threshed with a threshing instrument, neither is a cart-wheel turned about upon the cummin; but dill is beaten out with a staff, and cummin with a rod.
28जब एकजना स्त्रीले रोटी पकाउँछे, उसले पीठोको स-साना डल्लाहरू बनाउँछे अनि आफ्नो हातले थिच्दछे। अन्न लगातार दिइदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ। 29यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।
28Bread [corn] is crushed, because he will not ever be threshing it; and if he drove the wheels of his cart and his horses [over it], he would not crush it.
29[This verse may not be a part of this translation]
29This also cometh forth from Jehovah of hosts; he is wonderful in counsel, great in wisdom.