Nepali

Darby's Translation

Isaiah

43

1याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
1But now thus saith Jehovah, that created thee, O Jacob, and he that formed thee, O Israel: Fear not, for I have redeemed thee, I have called [thee] by thy name; thou art mine.
2जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।
2When thou passest through the waters, I [will be] with thee; and through the rivers, they shall not overflow thee; when thou walkest through the fire, thou shalt not be burned, neither shall the flame kindle upon thee.
3किन? किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ।
3For I [am] Jehovah thy God, the Holy One of Israel, thy Saviour: I gave Egypt for thy ransom, Ethiopia and Seba for thee.
4तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।”
4Since thou wast precious in my sight, thou hast been honourable, and I have loved thee; and I will give men for thee, and peoples for thy life.
5“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।
5Fear not, for I [am] with thee: I will bring thy seed from the east, and gather thee from the west;
6म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा ठाउँहरूमा छन, मलाई देऊ।
6I will say to the north, Give up; and to the south, Keep not back: bring my sons from afar, and my daughters from the end of the earth,
7ती सबै मानिसहरू देऊ जो मेरा हुन - मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”
7every one that is called by my name, and whom I have created for my glory: I have formed him, yea, I have made him.
8परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।
8Bring forth the blind people that have eyes, and the deaf that have ears.
9सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँचो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।
9Let all the nations be gathered together, and let the peoples be assembled: who among them declareth this, or causeth us to hear former things? let them bring forth their witnesses, that they may be justified; or let them hear, and say, [It is] truth.
10परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।
10Ye are my witnesses, saith Jehovah, and my servant whom I have chosen; that ye may know and believe me, and understand that I [am] HE: before me there was no ùGod formed, neither shall there be after me.
11म हो म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन।
11I, I [am] Jehovah; and besides me there is no saviour.
12म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ। परमप्रभु आफैले यी कुरा भन्नुभयो।
12It is I that have declared, and have saved, and have shewed, when there was no strange [god] among you; and ye are my witnesses, saith Jehovah, that I [am] ùGod.
13“म सधैं नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउन सक्तैनँ।”
13Yea, since the day was, I [am] HE, and there is none that delivereth out of my hand: I will work, and who shall hinder it?
14परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।
14Thus saith Jehovah, your Redeemer, the Holy One of Israel: For your sake I have sent to Babylon, and have brought all of them down as fugitives, even the Chaldeans, whose cry is in the ships.
15म परमप्रभु तिमीहरूका परमपवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”
15I [am] Jehovah, your Holy One, the Creator of Israel, your King.
16परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ,
16Thus saith Jehovah, who maketh a way in the sea, and a path in the mighty waters,
17“मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू ध्वंश हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्।
17who bringeth forth chariot and horse, army and power -- they lie down together, they shall not rise; they are extinct, they are quenched as tow:
18यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै र्बष अगडी जे भइसकेको छ त्यसलाई नसोच।
18-- Remember not the former things, neither consider the ancient things:
19किन? किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरूभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुक्खा जग्गाहरूमा नदीहरू बगाउनेछु।
19behold, I do a new thing; now it shall spring forth: shall ye not know it? I will even make a way in the wilderness, rivers in the waste.
20यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि म प्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरूभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे।
20The beast of the field shall glorify me, the jackals and the ostriches; for I will give waters in the wilderness, rivers in the waste, to give drink to my people, my chosen.
21ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।
21This people have I formed for myself: they shall shew forth my praise.
22“याकूब, तिमीले मेरो पुकारा गरेनौ। किन? किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ।
22-- But thou hast not called upon me, Jacob; for thou hast been weary of me, O Israel:
23तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेडा ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिन। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ।
23thou hast not brought me the small cattle of thy burnt-offerings, neither hast thou glorified me with thy sacrifices. I have not caused thee to toil with an oblation, nor wearied thee with incense.
24यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिञ्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।
24Thou hast bought me no sweet cane with money, neither hast thou filled me with the fat of thy sacrifices; but thou hast made me to toil with thy sins, thou hast wearied me with thine iniquities.
25“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
25-- I, I [am] He that blotteth out thy transgressions for mine own sake, and I will not remember thy sins.
26तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं।
26Put me in remembrance, let us plead together; rehearse thine own [cause], that thou mayest be justified.
27तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे।
27Thy first father hath sinned, and thy mediators have rebelled against me.
28यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
28And I have profaned the princes of the sanctuary, and have given Jacob to the ban, and Israel to reproaches.