1“म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन्। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।
1For Zion's sake will I not hold my peace, and for Jerusalem's sake I will not be still, until her righteousness go forth as brightness, and her salvation as a torch that burneth.
2तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।
2And the nations shall see thy righteousness, and all kings thy glory; and thou shalt be called by a new name, which the mouth of Jehovah will name.
3परमप्रभुले तिमीलाई देखेर अत्यन्त र्गवित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।
3And thou shalt be a crown of beauty in the hand of Jehovah, and a royal diadem in the hand of thy God.
4तिमीलाई ‘परमेश्वरले’ त्यागेका मानिसहरू फेरि कहिल्यै भनिने छैन।’ तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू डाकिनेछौ परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू भनी।’ तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला।’ भनिने छ। किन? किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।
4Thou shalt no more be termed, Forsaken; neither shall thy land any more be termed, Desolate: but thou shalt be called, My delight is in her, and thy land, Married; for Jehovah delighteth in thee, and thy land shall be married.
5जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।”
5For [as] a young man marrieth a virgin, shall thy sons marry thee; and with the joy of the bridegroom over the bride, shall thy God rejoice over thee.
6“यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।” रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक।
6I have set watchmen upon thy walls, Jerusalem; all the day and all the night they shall never hold their peace: ye that put Jehovah in remembrance, keep not silence,
7जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।
7and give him no rest, till he establish, and till he make Jerusalem a praise in the earth.
8परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो अनि परमप्रभुले त्यो आफ्नो शक्ति त्यही वचनहरू कायम राख्न चलाउनु हुनेछ। परमप्रभुले भन्नुभयो, “म किरीया खाँन्छु कि अब कहिल्यै तिमीहरूका खाद्यान्न तिमीहरूका शत्रुहरूलाई दिइने छैन। म वचन दिँदछु कि तिमीहरूले बनाएका दाखरस तिम्रा शत्रुहरूले लैजाने छैनन्।
8Jehovah hath sworn by his right hand and by the arm of his strength, I will indeed no more give thy corn [to be] food for thine enemies; and the sons of the alien shall not drink thy new wine, for which thou hast laboured;
9जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ, अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ। जुन मानिसले दाखहरू थुपार्दछ, ती दाखहरूबाट उसले दाखरस पिउनेछ अनि ती कुराहरू मेरो पवित्र देशमा हुनेछ।”
9for they that have garnered it shall eat it, and praise Jehovah; and they that have gathered it shall drink it in the courts of my holiness.
10मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।
10Go through, go through the gates; prepare the way of the people; cast up, cast up the highway; gather out the stones; lift up a banner for the peoples.
11सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछन “सियोनका मानिसहरूलाई बताऊ हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउउनु हुँदैछ।”
11Behold, Jehovah hath proclaimed unto the end of the earth, Say ye to the daughter of Zion, Behold, thy salvation cometh; behold, his reward is with him, and his recompence before him.
12उहाँका मानिसहरूलाई यसरी डाकिने छ “पवित्र मानिसहरू,” “परमप्रभुका सुरक्षित मानिसहरू।” अनि यरूशलेमलाई भनिने छ “परमेश्वरले चाहनु भएको शहर,” “परमेश्वरसँगै भएको शहर।”
12And they shall call them, The holy people, The redeemed of Jehovah; and thou shalt be called, The sought out, The city not forsaken.