Nepali

Darby's Translation

Isaiah

64

1यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
1Oh, that thou wouldest rend the heavens, that thou wouldest come down, -- that the mountains might flow down at thy presence,
2पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।
2-- as fire kindleth brushwood, as the fire causeth water to boil, to make thy name known to thine adversaries, that the nations might tremble at thy presence!
3जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ, पर्वतहरू तपाईं अघि पग्लन्छन्।
3When thou didst terrible things [which] we looked not for, thou camest down, and the mountains flowed down at thy presence.
4तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्। तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्। कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।
4Never have [men] heard, nor perceived by the ear, nor hath eye seen a God beside thee, who acteth for him that waiteth for him.
5तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे। ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्। तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ। यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो। अब हामीहरू कसरी बचाइन सक्नेछौं?”
5Thou meetest him that rejoiceth to do righteousness, those that remember thee in thy ways: (behold, thou wast wroth, and we have sinned:) in those is perpetuity, and we shall be saved.
6हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।
6And we are all become as an unclean [thing], and all our righteousnesses are as filthy rags; and we all fade as a leaf, and our iniquities, like the wind, have carried us away;
7हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
7and there is none that calleth upon thy name, that stirreth up himself to take hold of thee; for thou hast hidden thy face from us, and hast caused us to melt away through our iniquities.
8तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।
8And now, Jehovah, thou art our Father; we are the clay, and thou our potter; and we all are the work of thy hand.
9परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।
9Be not wroth very sore, O Jehovah, neither remember iniquity for ever. Behold, see, we beseech thee, we are all thy people.
10तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
10Thy holy cities are become a wilderness, Zion is a wilderness, Jerusalem a desolation.
11हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे। हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो। हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।
11Our holy and our beautiful house, where our fathers praised thee, is burnt up with fire, and all our precious things are laid waste.
12के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ? के तपाईं सधैं चूपचाप बस्नु हुन्छ? के तपाईं हामीलाई सधैं दण्ड दिनुहुन्छ?
12Wilt thou restrain thyself in presence of these things, Jehovah? Wilt thou hold thy peace, and afflict us very sore?